काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले महासमिति बैठकको निर्णय उल्टाएको विरोधमा जिल्ला सभापतिहरूले राष्ट्रिय भेला डाक्ने भएका छन्।
राजधानीमा उपलब्ध ११ जिल्लाका सभापतिहरूको बैठकले चैत २० देखि २५ को बीचमा राष्ट्रिय भेला गर्ने सहमति गरेको हो।
केन्द्रीय समितिभन्दा माथिल्लो निकाय महासमितिको निर्णय विपरीत केन्द्रीय समितिले निर्णय उल्टाएकाले जिल्ला सभापतिहरूको भेला बोलाउने तयारि गरिएको नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले बताए।
बैठकमा नुवाकोट, काभ्रे, तेह्रथुम, बर्दिया, काठमाडौं, रामेछाप, रोल्पालगायतका जिल्ला सभापतिहरुको उपस्थिति थियो।
केन्द्रीय नेताहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्न नपाउने र समावेशी कोटाको लाभ एउटै व्यक्तिले पटकपटक प्राप्त गर्ने प्रावधान हटाउन अधिकांश जिल्ला सभापतिले माग गर्दै आएका छन्।
जिल्ला सभापतिहरूको भेलाको स्थान भने टुंगो लागि नसकेको नुवाकोट सभापति केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।