काठमाडौं- सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका दुई विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले ७२ घन्टे अल्टिमेटमसहित त्रिभूवन विश्वविद्यालयमा तालाबन्दी गरेका छन्।
चिकित्सा अध्ययन संस्थान अन्तर्गतका विभिन्न मेडिकल कलेजले विद्यार्थीबाट जथाभावी शुल्क अशुलेको भन्दै २ विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन्। उनीहरुले विश्वविद्यालयको उपकूलपति कार्यालय र चिकित्साशास्त्र अध्ययन संस्थानको कार्यालयमा तालबन्दी गरेका छन्।
गण्डकी मेडिकल कलेज र किस्ट मेडिकल कलेजले मनपरी शुल्क असुल उपर गरेकाले तालाबन्दी गरेको अनेरास्ववियू अध्यक्ष रञ्जित तामाङले बताए।
मेडिकल कलेजले एकातिर विद्यार्थीबाट गैरकानुनी रुपमा चर्को शुल्क असुलेका र अर्कातिर मुद्दा फिर्ता लिन विद्यार्थीलाई प्रेसर दिएका कारण समस्या समाधानका लागि तालाबन्दी गरेको विद्यार्थीले नेता तामाङको भनाइ छ।
यस्तो छ विज्ञप्तिः

भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।