काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले दोहामा हुने छनौट खेलका लागि २३ वर्षमुनिका नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरेको छ।
मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा कार्यालयमा एक कार्यक्रमका आयोजना गरी कतारको दोहामा आगामी शुक्रबार चैत्र ८ गतेदेखि १२ गतेसम्म आयोजना हुने एएफसी छनौट खेलका लागि २३ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको हो।
कार्यक्रममा राष्ट्रिय खुलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले नेपाली खेडालीहरूलाई फूलको माला लगाएर बिदाई गरेका थिए। सन् २०२० मा थाइल्यान्डमा आयोजना हुने च्याम्पियनसिपका लागि सो छनौट खेल आयोजना गर्न लागिएको हो।
प्रतियोगिताका लागि छनौट भएका नेपाली राष्ट्रिय टोलीमा अविशेक रिजाल, एरिक विष्ट, अन्जन विष्ट, अनन्त तामाङ अमित तामाङ, अर्पण कार्की, असिम भुसाल, विश्वास श्रेष्ठ, विमल घर्तीमगर छन्।
त्यसैगरी, हेमन्त थापामगर, कमल श्रेष्ठ, प्रिजन तामाङ, धिरज श्रेष्ठ, रोमन रसाइली, सुमन अर्याल, तेज तामाङ, छिरिङ गुरुङ, नितिन थापा, दिप कार्की र सुनिक बल रहनु भएको छ।
यसैबीच, सो खेल प्रतियोगितामा सहभागी हुन नेपाली टोली मंगलबार नै कतार प्रस्थान गरेको छ। समूह ए मा रहेको नेपाली टोलीले घरेलु टिम कतार, ओमान र अफगानिस्तानको सामना गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।