काठमाडौं– कसैको ईच्छा विपरित लोला हाने वा रंग दले कारबाही गरिने गृहमन्त्रालयले जनाएको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले इच्छा विपरीत कसैलाई लोला नहान्न तथा रंग नदल्न आग्रह गरेको छ।
यसरी कसैको ईच्छा विपरित जबरजस्ती रंग दल्नेलाई कडा कारबाही गरिने गृहमन्त्रालयले जनाएको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘होली/फागु मनाउने नाममा कसैको ईच्छाविपरीत जबरजस्ती, अमर्यादित, गैरकानुनी र उच्छृङ्खल किसिमका कुनै पनि व्यवहार नगर्न र इच्छाविपरीत कसैलाई रंग दले, लोला हान्ने, पानी छ्याप्नेजस्ता कार्य गरे कानुन बमोजिम कारबाही गरिने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।