काठमाडौं- एनसिएल स्पोर्टस् प्रालिको आयोजनामा हुने प्रथम महिला टि–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।
आगामी वैसाख ७ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको उपविजेताले ५ लाख रुपैयाँ पाउने आयोजक प्रालिका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिए।
त्यस्तै, प्रतियोगिताको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायोन्स, काठमाडौं सुपर च्याम्पियन र धनगढी वण्डर वुमनले प्रतिस्पर्धा गर्नेछन्।
४ टोलीका मार्की खेलाडीसमेत घोषणा गरिएको छ। भैरहवाको मार्की खेलाडीमा रुविना क्षेत्री, विराटनगरकी करुणा भण्डारी, धनगढीका सीताराना मगर र काठमाडौंको मार्की खेलाडी नेरी थापा रहेकी छिन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।