पवन कल्याण दक्षिण भारतीय तेलेगु फिल्मका सुपरस्टार हुन्। निर्देशनमा रूचि भएका पवनलाई भाउजू सुरेखा (अभिनेता चिरञ्जीवीकी पत्नी) ले करबल गरेर अभिनयमा प्रवेश गराएकी थिइन्।
आफ्नो देवर गतिलो कलाकार बन्न सक्छन् भन्ने सुरेखाको विश्वासले नै उनी सफल सुपरस्टार बनेका छन्। सेप्टेम्बर २ सन् १९७१ मा जन्मिएका पवनको परिचय बहुआयामिक व्यक्तित्वको रहेको छ।
पवन कल्याणका १२ रोचक तथ्य यस्ता छन्:
१. पवन कल्याणको वास्तविक नाम कोनिचेला कल्याण बाबु हो।
२. उनले आफ्नो अभिनय यात्रा सन् १९९६ मा तेलेगु फिल्म 'अक्कडा अम्माई इक्कडा अभ्भई'बाट सुरू गरेका हुन्।
३. पवनका 'खुसी', 'गब्बर सिंह' र 'अट्टरिन्की दारेडी' फिल्म आफ्नो समयमा सर्वाधिक व्यापार गर्ने फिल्म हुन्।
४. उनको रूचि फिल्म निर्देशनमा थियो तर सुरेखाले जबरजस्ती अभिनयमा लाग्न बाध्य पारेकी थिइन्।
५. उनलाई पढ्न र खेतीपातीमा रूचि छ। फुर्सदमा उनी कि किताब पढ्छन् या त आफ्नो कृषि फार्ममा काम गर्छन्। बच्चैदेखिको उनको रुचि कृषिमा थियो।
६. कल्याण साकाहारी हुन्।
७. उनी करातेमा ब्ल्याकबेल्ट हुन्।
८. आफैले आयोजना गरेको कराते कार्यक्रममा प्रस्तुति दिएपछि उनले आफ्नो नाम पवन राखेका हुन्।
९. अल राउन्डर पवन एकसाथ अभिनेता, निर्देशक, कोरियोग्राफर, गायक, स्क्रिप्ट लेखक एवं राजनीतिज्ञ समेत हुन्।
१०. गुगल सर्चका अनुसार लोकसभा चुनाव २०१४ मा उनी सर्वाधिक गुगल गरिएका भारतीय अभिनेता थिए।
११. उनको हालसम्म तीन पटक विवाह भइसकेको छ। पहिलो पत्नी नन्दिनी हुन् भने रेनु देशाईसँग उनको दोस्रो विवाह भएको थियो। विवाहअघि रेनु पवनकी ड्रेस डिजाइनर थिइन्। रेनुबाट एक छोरा र छोरी जन्मिए। उनी हाल एना लेजनेभासँग वैवाहिक जीवन बिताइरहेका छन्।
१२. पवन कम्युनिस्ट नेता चे ग्वेभाराका ठूला प्रशसंक हुन्।
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।