• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

दुबईमा नेपथ्य उत्रिँदा किन उर्लियो प्रवासी नेपालीको भावुकता?

64x64
नेपाल लाइभ आइतबार, चैत ३, २०७५  १३:१५
1140x725

दुबई (युएई)- शुक्रबार बेलुकी यहाँ कन्सर्ट सकिनेबित्तिकै नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत गुरुङले सामाजिक सञ्जालमा एउटा छोटो भिडियो हाल्दै लेखेका थिए– ‘सबैभन्दा पहिले हामी.., धन्यवाद दुबई, माया र साथको लागि।’

४० सेकेन्डको भिडियोमा एउटा गीतको अधुरो लाइन थियो जसलाई दर्शकहरुले पूरा गरिदिएको दृश्य देखिन्थ्यो।

केही समयदेखि नेपथ्यका कन्सर्टहरुमा सुनिँदै आएको त्यस गीतले भन्थ्यो–

‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’

गीतका यी हरफहरुलाई अमृत सँगसँगै दर्शक भिडले पनि गाएर साथ दिएको थियो।

यसरी गीतले माहोल तताइरहेकै बेला बीचमा अमृतले चिच्याएर सोधेका थिए–

‘सबैभन्दा पहिले हामी..?’

जवाफमा २५ सय दर्शकले भरिएको हल गुञ्जिने गरी सबैले चिच्याएरै जवाफ दिइरहेका थिए–

Ncell 2
Ncell 2
nimb
nimb

‘नेपाली।’

यो प्रश्नलाई अमृतले बारम्बार दोहोर्‍याएर राखेका थिए। जवाफमा हरेकपटक अझ चर्को स्वरमा उही जवाफ दर्शकले फर्काइदिए।

दुई घन्टा लामो चलेको कन्सर्टबाट त्यो भिडियो केही सेकेन्डको भए तापनि सम्पूर्ण कन्सर्टको माहोल वर्णन गर्ने प्रतिनिधि दृश्य थियो त्यो। दुबईको ‘अल नासेर लिजर ल्यान्ड’मा मञ्चमा बसेका कलाकार र दर्शकदीर्घा पूरै अवधिभर एकअर्काको अन्तर्घुलनमा थिए। अमृतले यसरी सामाजिक सञ्जालमा राखेको भिडियो केही समयमै भाइरल बन्न पुग्यो र एक घन्टाभित्रै विश्वभर छरिएका १० हजार दर्शकले हेर्न भ्याइसकेका थिए भने सयौंले त्यसलाई सेयर पनि गरिदिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालीपनको भावनालाई यसरी बलियोसँग जगाइदिएका अमृतले त्यसबाहेक नेपाली डाँडाकाँडाहरुबाट संकलन गरिएका लोकधुनमा आधारित नेपथ्यका गीतहरुलाई क्रमैसँग गाएर सुनाएका थिए। सम्पूर्ण अवधिभर त्यसले दर्शकलाई उत्तेजित बनाइरहेको देखिन्थ्यो।

‘मञ्चबाट हेर्दा हलभरिका दर्शक अनुहारमा जुन उत्साह र उमंग देखिरहेको थिएँ कन्सर्टमा ऊर्जा थप्नेगरि मलाई सबैभन्दा सन्तुष्टि त्यसैले दिइरहेको थियो,’ अमृतले भने, ‘यस्ता माया गर्ने दर्शक पाएकोमा हामी आफूलाई भाग्यमानी ठान्छौं।’

दर्शकदीर्घामा आयुष मान डंगोल पनि देखिन्थे। उनी सारजहास्थित एयर अरेबियाका पाइलट हुन्। आयुषसँगै उनका ‘एयर होस्टेस’ साथी सुष्मिता ताम्राकार पनि थिइन्। नेपथ्यलाई बुधबार संयुक्त अरब इमिरेट्स पुर्‍याउने वायुयानमा उनीहरु दुवै उडान टोलीमा संलग्न थिए।

‘दुबईमा नेपाली कार्यक्रमलाई खासै महत्वका साथ नहेरिनेगरेको अवस्थामा नेपथ्य यति उच्चस्तरमा प्रस्तुत हुँदा एक हिसाबले राष्ट्रिय गौरव जस्तै महशुस भएको छ,’ आयुषले भने, ‘यहाँ बस्दा आफूलाई नेपाली हुँ भनेर गर्व गर्ने कमै मौका मिल्ने गरेकामा त्यस्तो दुर्लभ एक अवसर शुक्रबारको कन्सर्टले दिएकोमा खुसी छु।’

कार्यक्रमको बेला अल नासेरको पार्किङ थलो कारले टनाटन भरिएको थियो। बहुसंख्य नेपाली मजदुरीको निम्ति आइपुग्ने भनेर चिनिएको यो थलो कसरी सम्पन्न नेपालीहरुले पनि भरिँदै जानलागेको छ भन्ने कुराको यसले संकेत गर्थ्यो।

‘संयुक्त अरब इमिरेट्सभरि छरिएर रहनुभएका नेपालीहरुबाट प्राप्त माया र सद्भावका निम्ति हामी आभार प्रकट गर्दछौं,’ आयोजक कमिटिका सुजन राजाले भने, ‘अबुधाबी, सारजहाँ र रस अल खइमाजस्ता छेउछाउका राज्यहरुबाट पनि बस रिजर्भ गरेरै टनाटन दर्शक ओइरिएका थिए।’

दुबईमा नेपथ्यको यो दोस्रो प्रस्तुति थियो। यसअघि सन् २०१५ को भुइँचालो लगत्तै पूर्वनिर्धारित कार्यक्रम भ्याउन आइपुगेको ब्याण्डले आफूलाई खुलेर प्रस्तुत गर्न सकेको थिएन।

‘अघिल्लोपटक आउँदा हामी खुसीभन्दा पनि शोक बाँड्न र सक्दो सहयोग जुटाउने उद्देश्य मात्र बोकेर दुबईमा प्रस्तुत भएका थियौं,’ अमृत भन्छन्, ‘त्यसै थलोमा यसपाला खुसी, हर्ष र उल्लासको क्षण बिताउन पाउँदा आनन्द महशुस भएको छ।’

दुई घन्टासम्म लगातार चलेको कन्सर्ट राष्ट्रिय भावना र लोकलयमा आधारित आवाजहरुको मिश्रण थियो। शो अवधिमा ‘रेशम’ र ‘तालको पानी’ले जसरी दर्शकलाई उल्लासले बुरुक्क बुरुक्क उफारेको थियो। त्यसैगरी ‘यो जिन्दगानी’, ‘मै मरी जाऊँला’ र ‘कोशीको पानी’ले भावुक बनाएको थियो।

त्यसपछि स्वदेश र आफ्नो समाजलाई सम्झाउँदै ‘हामी नेपाली’, ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्जे’ले नेपालीपनको भावनासहित कन्सर्टलाई अन्तिम पाइन चढाएको थियो।

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्