• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

सीमामा पर्खाल बनाउन ट्रम्पको \'भिटो\'

64x64
नेपाल लाइभ आइतबार, चैत ३, २०७५  ०९:१५
1140x725

वासिङ्टन – अमेरिकी कङ्ग्रेसले मेक्सिको सीमामा मानवीय सङ्कटकाल लगाएर भएपनि सीमामा पर्खाल निर्माण गरिछाड्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव अस्वीकृत गरेसँगै कङ्ग्रेसको निर्णयविरुद्ध राष्ट्रपति ट्रम्पले विशेषाधिकार (भिटो) प्रयोग गरेका छन्। 

राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालमा पहिलो पटक भिटो प्रयोग गरेका हुन्। सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पले बढ्दो आप्रवासी नियन्त्रण र लागूऔषधको तस्करी रोक्नका लागि मेक्सिको सीमामा पर्खाल निर्माण गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर राष्ट्रपति ट्रम्पले पर्खाल निर्माणका लागि आवश्यक बजेट अमेरिकी संसदबाट अझै अनुमोदन गराउन सकेका थिएनन्।

अमेरिकी राष्ट्रपतिको अर्को चुनाव आउन अब १८ महिना मात्र बाँकी छ, तर प्रमुख चुनावी मुद्दामै बजेट प्राप्त नहुँदा राष्ट्रपति ट्रम्पमाथि अर्को कार्यकालका लागि उम्मेदवार हुने वा नहुने भन्ने नैतिक प्रश्न उब्जिएको छ। 

अमेरिकी संसदको गत वर्ष सन् २०१८ मा भएको मध्यावधि चुनावमा राष्ट्रपति ट्रम्पको दल रिपब्लीकन पार्टी पराजित भएको थियो। अहिले अमेरिकी तल्लो सदनमा विपक्षी डेमोक्र्याट पार्टीको बहुमत छ, तर माथिल्लो सदन सिनेटमा भने रिपब्लीकनको झिनो बहुमत छ। 

यहीबीच मेक्सिको सीमामा सङ्कटकाल घोषणा गर्ने राष्ट्रपतिको विपक्षमा डेमोक्र्याटका साथै केही रिपब्लीकन सिनेटरले पनि समर्थन जनाएपछि राष्ट्रपति ट्रम्प विलखबन्दमा परेका थिए। 

“कङ्ग्रेसले यो प्रस्तावको विपक्षमा मतदान गर्न सक्लान्,” ट्रम्पले भनेका छन् “तर भिटो प्रयोग गर्न पाउने मेरो पनि अधिकार छ।” 

भिटो प्रयोगका सन्दर्भमा राष्ट्रपति ट्रम्पले सीमामा पर्खाल निर्माण नभए पनि आफूले अन्तिमसम्म प्रयास गरेको दाबी गर्न सक्नेछन् । भिटोमा हस्ताक्षर गर्ने समारोहमा राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा उनका समर्थकहरु, कानुन कार्यान्वयन अधिकारीहरु र सीमाबाट अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरुबाट मारिएका व्यक्तिका छोराछोरी पनि सहभागी थिए।

राष्ट्रपति ट्रम्पले आपतकालीन आदेश जारी गरी प्रतिरक्षा खर्चका लागि विनियोजित अर्बौं डलरको संघीय बजेटलाई सीमामा पर्खाल निर्माणमा खर्च गर्न खाेजिरहेका छन्। तथापी यो भिटो विरुद्ध पनि विपक्षी डेमोक्र्याटबाट कानुनी चुनौती खडा हुनेछ। विपक्षीहरुले राष्ट्रपतिले प्रयोग गरेको भिटो असंवैधानिक रहेको दाबी गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अमेरिकी अदालतमा उजूरी परेको खण्डमा त्यसलाई अन्तिम किनारा लगाउन महिनौं वा त्योभन्दा बढी समय लाग्नेछ । अदालतमा उजूरी गर्ने अमेरिकी नागरिक स्वतन्त्रता युनियन (एसीएलयू) ले राष्ट्रपतिले जारी गर्नुभएको भिटो अर्थहीन रहेको बताएको छ।  “कङ्ग्रेसले राष्ट्रपतिको घोषणा अस्वीकृत गरिसकेको छ, र अब अदालतले यसको कानुनी बैधताका बारेमा फैसला दिनुपर्ने भएको छ। हामी उहाँलाई अदालतमै भेट्न चाहन्छौं,” कार्यकारी निर्देशक एन्थोनी रोमेरोले भने।
सभामुख न्यान्सी पेलोसीले ट्रम्पले जारी गर्नुभएको भिटोलाई “कानुनी अधिकार बेगर नै शक्ति हत्याउने” प्रयासको संज्ञा दिदै भनिन् “हामीले उहाँलाई रोक्न दुबै सदन र दुबै पार्टीले प्रयास गरेका थियौं। तर राष्ट्रपति ट्रम्पले संविधान, कङ्ग्रेस र अमेरिकी जनताको चाहना विपरीत भिटो प्रयोग गरे।”

तर राष्ट्रपति ट्रम्पले दक्षिण सीमाको अवस्था साँच्चिकै राष्ट्रिय आपतकाल लगाउनुपर्ने किसिमको रहेको दाबी गरेका छन्। उनले भनेका छन् “हाम्रो आप्रवासन प्रणाली छिन्नभिन्न अवस्थामा पुग्न लागेको छ।” 
धेरै सांसदहरुले बिहीबार संसदमा भएको मतदान राष्ट्रपति वा पर्खालको विपक्षमा नरहेको बताएका छन्। उनीहरुले यो अस्वीकृति भावी राष्ट्रपतिहरुका विरुद्ध सुरक्षाकवच रहेको बताए। कुनै डेमाक्र्याट पार्टीबाट निर्वाचित राष्ट्रपतिले भविष्यमा जलवायु परिवर्तन, बन्दुक नियन्त्रण वा अरु कुनै विषयमा आपतकाल लगाउने प्रयास पनि गर्न सक्लान्।

अमेरिकी राष्ट्रपति ट्रम्पले सीमामा पर्खाल निर्माण शुरु गर्न तत्काल ५ अर्ब ७० करोड डलर बजेट माग गरेका छन्। तर यसमा सहमति नहुँदा करिब ३५ दिन अमेरिकी संघीय कार्यालयहरु आंशिक बन्द भएका थिए भने आठ लाखभन्दा बढी कर्मचारीले तलब पाएका थिएनन्।

संघीय सरकारी कार्यालयहरु बन्द गराउन राष्ट्रपति ट्रम्प नै जिम्मेवार रहेको विपक्षीहरुको भनाई छ। तर राष्ट्रपतिले अन्ततः कङ्ग्रेसले पर्खाल निर्माणका लागि पुनः बजेट दिनुपर्ने शर्त राख्दै बन्द खुलाउनु भएको थियो । तैपनि पर्खाल निर्माणको बजेटमा अझै सहमति हुन सकेको छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अमेरिकी रिपब्लीकन पार्टीका नेताहरुले पनि गत महिना राष्ट्रपति ट्रम्पलाई सीमा क्षेत्रमा राष्ट्रिय आपतकाल घोषणा नगर्न सुझाव दिएका थिए। उनीहरुले सैनिक परियोजनामा खर्च नभएको करिब ३ अर्ब ६० करोड डलर पर्खाल निर्माणमा खर्च गर्न आग्रह गरेका थिए। 
रासस/एपी

प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार राजधानी नयाँदिल्लीस्थित ऐतिहासिक प्रदर्शनस्थल जन्तर मन्तरमा लगाइएको कडा सुरक्षा घेरा र बारहरू तोडेर प्रवेश गरेपछि प्रहरीले उ... मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पन... मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्