काठमाडौं– बलिउड अभिनेता आमिर खानले आफ्नो जन्मदिनमा नयाँ फिल्म 'लाल सिंह चड्ढा'को घोषणा गरेका छन्।
एक रिपोर्टका अनुसार यो फिल्म हलिउड चलचित्र 'फोरस्टेर गम्प'को रिमेक हुनेछ। यस फिल्म 'फोरेस्ट गम्प' नामको उपन्यासमा आधारित छ।
केही स्रोतका अनुसार फिल्मको रिलिज मिति २०२० दिवालीको समय गर्ने तय भएको छ। हालै एक अन्तर्वार्ताको क्रममा आमिर खानले फिल्मसम्बन्धी केही कुरा खुलासा गरेका छन्।
फिल्ममा आफ्नो भूमिकाको लागि तयारी सुरु भएको उनले बताएका थिए।
उनले भनेका थिए, 'हामीले सुटिङको तयारी सुरु गरिसकेका छौं। यस वर्षको अक्टोबरमा सुटिङ सुरु हुन्छ। सुटिङको लागि अझै ६ महिना समय छ। अर्को महिनाका लागि म मेरो पात्र र चलचित्रसँग काम गर्नेछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।