• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२ Thu, May 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ
दुबइमा नेपथ्यसँगै जाग्यो उल्लास र नेपालीपन
64x64
नेपाल लाइभ शनिबार, चैत २, २०७५  २०:५४
1140x725

दुबइ (युएइ)- शुक्रबार बेलुकी यहाँ कन्सर्ट सकिने बित्तिकै नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत गुरुङले सामाजिक सञ्जालमा एउटा छोटो भिडियो हाल्दै लेखेका थिए– ‘सबैभन्दा पहिले हामी......, धन्यवाद दुबइ, माया र साथको लागि’।

चालिस सेकेण्डको भिडियोमा एउटा गीतको अधुरो लाइन थियो जसलाई दर्शकहरुले पुरा गरिदिएको दृश्य देखिन्थ्यो।

केहि समयदेखि नेपथ्यका कन्सर्टहरुमा सुनिँदै आएको त्यस गीतले भन्थ्यो– ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’

गीतका यि हरफहरुलाई अमृत सँगसँगै दर्शक भीँडले पनि गाएर साथ दिएको थियो।

यसरी गीतले माहोल तताइरहेकै बेला बीचमा अमृतले चिच्याएर सोधेका थिए -‘सबैभन्दा पहिले हामी......?’

जवाफमा २५ सय दर्शकले भरिएको हल गुञ्जिने गरि सबैले चिच्याएरै जवाफ दिइरहेका थिए–‘नेपाली’।

यो प्रश्नलाई अमृतले बारंबार दोहोर्‍याएर राखेका थिए। जवाफमा हरेकपटक अझ चर्को स्वरमा उही जवाफ दर्शकले फर्काइदिए।

दुइ घन्टा लामो चलेको कन्सर्टबाट त्यो भिडियो केहि सेकेण्डको भएता पनि सम्पूर्ण कन्सर्टको माहोल वर्णन गर्ने प्रतिनिधि दृश्य थियो त्यो। दुबइको ‘अल नासेर लिजर ल्याण्ड’ मा मञ्चमा बसेका कलाकार र दर्शकदिर्घा पुरै अवधिभर एकअर्काको समागममा जमेका थिए। अमृतले यसरी सामाजिक सञ्जालमा राखेको भिडियो केहि समयमै भाइरल बन्न पुग्यो र एक घन्टाभित्रै विश्वभर छरिएका दस हजार दर्शकले हेर्न भ्याइसकेका थिए भने सयौंले त्यसलाई सेयर पनि गरिदिए।

Ncell 2
Ncell 2

नेपालीपनको भावनालाई यसरी बलियोसँग जगाइदिएका अमृतले त्यसबाहेक नेपाली डाँडाकाँडाहरुबाट संकलन गरिएका लोकधुनमा आधारित नेपथ्यका गीतहरुलाई क्रमैसँग गाएर सुनाएका थिए। सम्पूर्ण अवधिभर त्यसले दर्शकलाई उत्तेजित बनाइरहेको देखिन्थ्यो।

‘मञ्चबाट हेर्दा हलभरिका दर्शक अनुहारमा जुन उत्साह र उमंग देखिरहेको थिएँ कन्सर्टमा उर्जा थप्नेगरि मलाई सबैभन्दा सन्तुष्टि त्यसैले दिइरहेको थियो,’ अमृतले भने, ‘यस्ता मायागर्ने दर्शक पाएकोमा हामी आफूलाई भाग्यमानी ठान्छौं।’

दर्शकदिर्घामा आयुष मान डंगोल पनि देखिन्थे। उनी सारजहास्थित एयर अरेबियाका पाइलट हुन्। आयुषसँगै उनका ‘एयर होस्टेस’ साथी सुष्मिता ताम्राकार पनि थिइन्। नेपथ्यलाई बुधबार संयुक्त अरब इमिरेट्स पुर्‍याउने वायुयानमा उनीहरु दुवैजना उडान टोलीमा संलग्न थिए।

‘दुबइमा नेपाली कार्यक्रमलाई खासै महत्वका साथ नहेरिनेगरेको अवस्थामा नेपथ्य यति उच्चस्तरमा प्रस्तुत हुँदा एक हिसाबले राष्ट्रिय गौरव जस्तै महशुस भएको छ,’ आयुषले भने, ‘यहाँ बस्दा आफूलाई नेपाली हुँ भनेर गर्व गर्ने कमै मौका मिल्नेगरेकामा त्यस्तो दुर्लभ एक अवसर शुक्रबारको कन्सर्टले दिएकोमा खुशी छु।’

shivam cement

shivam cement

आयुष बितेको तीन वर्षदेखि एयर अरेबियाको विमान उडाउँदै आइरहेका छन् भने सुष्मिताको एघार वर्ष बितिसकेको छ। कार्यक्रम अवधिभर तमाम दर्शकहरुजस्तै उनीहरु दुइजना पनि साथसाथै नाचिरहेका र गाइरहेका देखिन्थे।

‘हलमा पस्नेबित्तिकै मलाई एकछिन त नेपालै पुगेजस्तो लागेको थियो। आफ्नै दुनियाँमा ब्यस्त रहँदा यहाँ बसिरहेका नेपाली दाजुभाइहरुसँग कमै जुर्ने भेटघाटको अवसर पनि यो कन्सर्टले दिएको थियो,’ आयुषले भने, ‘मैले जुन ब्याण्डका गीतहरु सुन्दै हुर्केको थिएँ त्यसलाई दुबइमा यस्तरी माया गरिएको देख्दा असाध्यै खुशी लाग्यो। रक कन्सर्टको निम्ति पनि धेरै मानिसले परिवारै लिएर आएको देख्दा यो ब्याण्डले जुनसुकै उमेर र वर्गका नेपालीलाई पनि कस्तरी प्रभाव पारेको रहेछ भन्ने पनि देखिँदै थियो।’ 

कार्यक्रमको बेला अल नासेरको पार्किङ थलो कारले टनाटन भरिएको थियो। बहुसंख्य नेपाली मजदुरीको निम्ति आइपुग्ने भनेर चिनिएको यो थलो कसरी सम्पन्न नेपालीहरुले पनि भरिँदै जानलागेको छ भन्ने कुराको यसले संकेत गथ्र्यो।

‘संयुक्त अरब इमिरेट्सभरि छरिएर रहनुभएका नेपालीहरुबाट प्राप्त माया र सद्भावका निम्ति हामी आभार प्रकट गर्दछौं,’ आयोजक कमिटिका सुजन राजाले भने, ‘अबुधाबी, सारजहाँ र रस अल खइमाजस्ता छेउछाउका राज्यहरुबाट पनि बस रिजर्भ गरेरै टनाटन दर्शक ओइरिएका थिए।’

दुबइमा नेपथ्यको यो दोश्रो प्रस्तुती थियो। यसअघि सन् २०१५ को भुइँचालो लगत्तै पूर्वनिर्धारित कार्यक्रम भ्याउन आइपुगेको ब्याण्डले आफूलाई खुलेर प्रस्तुत गर्न सकेको थिएन।

‘अघिल्लोपटक आउँदा हामी खुशीभन्दा पनि शोक बाँड्न र सक्दो सहयोग जुटाउने उद्देश्य मात्र बोकेर दुबइमा प्रस्तुत भएका थियौं,’ अमृत भन्छन्, ‘त्यसै थलोमा यसपाला खुशी, हर्ष र उल्लासको क्षण बिताउन पाउँदा आनन्द महशुस भएको छ।’

दुइ घन्टासम्म लगातार चलेको कन्सर्ट राष्ट्रिय भावना र लोकलयमा आधारित आवाजहरुको मिश्रण थियो। शो अवधिमा ‘रेशम’ र ‘तालको पानी’ले जसरी दर्शकलाई उल्लासले बुरुक्क बुरुक्क उफारेको थियो त्यसैगरि ‘यो जिन्दगानी’, ‘मै मरि जाउँला’ र ‘कोशीको पानी’ले भावुक बनाएको थियो। त्यसपछि स्वदेश र आफ्नो समाजलाई सम्झाउँदै ‘हामी नेपाली’, ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्जे’ले नेपालीपनको भावनासहित कन्सर्टलाई अन्तिम पाइन चढाएको थियो।

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

प्रकाशित मिति: शनिबार, चैत २, २०७५  २०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सतुङ्गलको कपडा पसलमा आगलागी
शोभाकान्त पौडेल सचिवमा बढुवा
महिला टी–२० विश्वकप एसिया छनोटः नेपाल र बहराइन खेल्दै
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
सतुङ्गलको कपडा पसलमा आगलागी बिहीबार, जेठ १, २०८२
शोभाकान्त पौडेल सचिवमा बढुवा बिहीबार, जेठ १, २०८२
महिला टी–२० विश्वकप एसिया छनोटः नेपाल र बहराइन खेल्दै बिहीबार, जेठ १, २०८२
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गते बोलाउन सिफारिस बिहीबार, जेठ १, २०८२
रुस–युक्रेन शान्ति वार्ता आज टर्कीमा हुँदै बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ बुधबार, वैशाख ३१, २०८२
रविन्द्र मिश्रसहित इजलासमा उपस्थित हुन सर्वोच्चको आदेश बुधबार, वैशाख ३१, २०८२
पोखरामा माइक्रो दुर्घटना, ३ जनाको मृत्यु बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्