• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

दुबइमा नेपथ्यसँगै जाग्यो उल्लास र नेपालीपन

64x64
नेपाल लाइभ शनिबार, चैत २, २०७५  २०:५४
1140x725

दुबइ (युएइ)- शुक्रबार बेलुकी यहाँ कन्सर्ट सकिने बित्तिकै नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत गुरुङले सामाजिक सञ्जालमा एउटा छोटो भिडियो हाल्दै लेखेका थिए– ‘सबैभन्दा पहिले हामी......, धन्यवाद दुबइ, माया र साथको लागि’।

चालिस सेकेण्डको भिडियोमा एउटा गीतको अधुरो लाइन थियो जसलाई दर्शकहरुले पुरा गरिदिएको दृश्य देखिन्थ्यो।

केहि समयदेखि नेपथ्यका कन्सर्टहरुमा सुनिँदै आएको त्यस गीतले भन्थ्यो– ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’

गीतका यि हरफहरुलाई अमृत सँगसँगै दर्शक भीँडले पनि गाएर साथ दिएको थियो।

यसरी गीतले माहोल तताइरहेकै बेला बीचमा अमृतले चिच्याएर सोधेका थिए -‘सबैभन्दा पहिले हामी......?’

जवाफमा २५ सय दर्शकले भरिएको हल गुञ्जिने गरि सबैले चिच्याएरै जवाफ दिइरहेका थिए–‘नेपाली’।

यो प्रश्नलाई अमृतले बारंबार दोहोर्‍याएर राखेका थिए। जवाफमा हरेकपटक अझ चर्को स्वरमा उही जवाफ दर्शकले फर्काइदिए।

दुइ घन्टा लामो चलेको कन्सर्टबाट त्यो भिडियो केहि सेकेण्डको भएता पनि सम्पूर्ण कन्सर्टको माहोल वर्णन गर्ने प्रतिनिधि दृश्य थियो त्यो। दुबइको ‘अल नासेर लिजर ल्याण्ड’ मा मञ्चमा बसेका कलाकार र दर्शकदिर्घा पुरै अवधिभर एकअर्काको समागममा जमेका थिए। अमृतले यसरी सामाजिक सञ्जालमा राखेको भिडियो केहि समयमै भाइरल बन्न पुग्यो र एक घन्टाभित्रै विश्वभर छरिएका दस हजार दर्शकले हेर्न भ्याइसकेका थिए भने सयौंले त्यसलाई सेयर पनि गरिदिए।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालीपनको भावनालाई यसरी बलियोसँग जगाइदिएका अमृतले त्यसबाहेक नेपाली डाँडाकाँडाहरुबाट संकलन गरिएका लोकधुनमा आधारित नेपथ्यका गीतहरुलाई क्रमैसँग गाएर सुनाएका थिए। सम्पूर्ण अवधिभर त्यसले दर्शकलाई उत्तेजित बनाइरहेको देखिन्थ्यो।

‘मञ्चबाट हेर्दा हलभरिका दर्शक अनुहारमा जुन उत्साह र उमंग देखिरहेको थिएँ कन्सर्टमा उर्जा थप्नेगरि मलाई सबैभन्दा सन्तुष्टि त्यसैले दिइरहेको थियो,’ अमृतले भने, ‘यस्ता मायागर्ने दर्शक पाएकोमा हामी आफूलाई भाग्यमानी ठान्छौं।’

दर्शकदिर्घामा आयुष मान डंगोल पनि देखिन्थे। उनी सारजहास्थित एयर अरेबियाका पाइलट हुन्। आयुषसँगै उनका ‘एयर होस्टेस’ साथी सुष्मिता ताम्राकार पनि थिइन्। नेपथ्यलाई बुधबार संयुक्त अरब इमिरेट्स पुर्‍याउने वायुयानमा उनीहरु दुवैजना उडान टोलीमा संलग्न थिए।

‘दुबइमा नेपाली कार्यक्रमलाई खासै महत्वका साथ नहेरिनेगरेको अवस्थामा नेपथ्य यति उच्चस्तरमा प्रस्तुत हुँदा एक हिसाबले राष्ट्रिय गौरव जस्तै महशुस भएको छ,’ आयुषले भने, ‘यहाँ बस्दा आफूलाई नेपाली हुँ भनेर गर्व गर्ने कमै मौका मिल्नेगरेकामा त्यस्तो दुर्लभ एक अवसर शुक्रबारको कन्सर्टले दिएकोमा खुशी छु।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आयुष बितेको तीन वर्षदेखि एयर अरेबियाको विमान उडाउँदै आइरहेका छन् भने सुष्मिताको एघार वर्ष बितिसकेको छ। कार्यक्रम अवधिभर तमाम दर्शकहरुजस्तै उनीहरु दुइजना पनि साथसाथै नाचिरहेका र गाइरहेका देखिन्थे।

‘हलमा पस्नेबित्तिकै मलाई एकछिन त नेपालै पुगेजस्तो लागेको थियो। आफ्नै दुनियाँमा ब्यस्त रहँदा यहाँ बसिरहेका नेपाली दाजुभाइहरुसँग कमै जुर्ने भेटघाटको अवसर पनि यो कन्सर्टले दिएको थियो,’ आयुषले भने, ‘मैले जुन ब्याण्डका गीतहरु सुन्दै हुर्केको थिएँ त्यसलाई दुबइमा यस्तरी माया गरिएको देख्दा असाध्यै खुशी लाग्यो। रक कन्सर्टको निम्ति पनि धेरै मानिसले परिवारै लिएर आएको देख्दा यो ब्याण्डले जुनसुकै उमेर र वर्गका नेपालीलाई पनि कस्तरी प्रभाव पारेको रहेछ भन्ने पनि देखिँदै थियो।’ 

कार्यक्रमको बेला अल नासेरको पार्किङ थलो कारले टनाटन भरिएको थियो। बहुसंख्य नेपाली मजदुरीको निम्ति आइपुग्ने भनेर चिनिएको यो थलो कसरी सम्पन्न नेपालीहरुले पनि भरिँदै जानलागेको छ भन्ने कुराको यसले संकेत गथ्र्यो।

‘संयुक्त अरब इमिरेट्सभरि छरिएर रहनुभएका नेपालीहरुबाट प्राप्त माया र सद्भावका निम्ति हामी आभार प्रकट गर्दछौं,’ आयोजक कमिटिका सुजन राजाले भने, ‘अबुधाबी, सारजहाँ र रस अल खइमाजस्ता छेउछाउका राज्यहरुबाट पनि बस रिजर्भ गरेरै टनाटन दर्शक ओइरिएका थिए।’

दुबइमा नेपथ्यको यो दोश्रो प्रस्तुती थियो। यसअघि सन् २०१५ को भुइँचालो लगत्तै पूर्वनिर्धारित कार्यक्रम भ्याउन आइपुगेको ब्याण्डले आफूलाई खुलेर प्रस्तुत गर्न सकेको थिएन।

‘अघिल्लोपटक आउँदा हामी खुशीभन्दा पनि शोक बाँड्न र सक्दो सहयोग जुटाउने उद्देश्य मात्र बोकेर दुबइमा प्रस्तुत भएका थियौं,’ अमृत भन्छन्, ‘त्यसै थलोमा यसपाला खुशी, हर्ष र उल्लासको क्षण बिताउन पाउँदा आनन्द महशुस भएको छ।’

दुइ घन्टासम्म लगातार चलेको कन्सर्ट राष्ट्रिय भावना र लोकलयमा आधारित आवाजहरुको मिश्रण थियो। शो अवधिमा ‘रेशम’ र ‘तालको पानी’ले जसरी दर्शकलाई उल्लासले बुरुक्क बुरुक्क उफारेको थियो त्यसैगरि ‘यो जिन्दगानी’, ‘मै मरि जाउँला’ र ‘कोशीको पानी’ले भावुक बनाएको थियो। त्यसपछि स्वदेश र आफ्नो समाजलाई सम्झाउँदै ‘हामी नेपाली’, ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्जे’ले नेपालीपनको भावनासहित कन्सर्टलाई अन्तिम पाइन चढाएको थियो।

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

प्रकाशित मिति: शनिबार, चैत २, २०७५  २०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्