काठमाडौं– अन्तरीक्ष यात्री राकेश शर्माको जीवनमा आधारित फिल्म बन्ने भएको छ।
फिल्मको मुख्य भूमिकामा शाहरुख खानले खेल्ने चर्चा भए पनि उनी निर्माण टिमबाट बाहिरिएको खुलासा भएको छ।
फिल्मको नाम 'सारे जहाँ से अच्छा' राखिएको छ। सुरुमा फिमको मेन क्यारेक्टरमा स्टारर आमिर खानको छनोट गरिएको थियो।
आमिर बाहिरिएपछि शाहररुख फिल्मका हिस्सा बनेका थिए। शाहरूख पनि बाहिरिएपछि रणवीर कपूर र विक्की कौशलको चर्चा चलेको छ।
फिल्मका लेखक अंजुम राजाबलीले एक सम्वादमा शाहरुख फिल्बमबाट बाहिरिनुको कारण खुलासा गरे, 'शाहरुखले फिम यसकारण छाडेका हुन् कि यसको विषय स्पेससँग जोडिएको थियो।'
फिल्म जिरोमा स्पेसको रोलमा अभिनय गरेपछि उनी यसविषयमा काम गर्न चाहँदैन थिए।
राजाबलीका अनुसार जिरोमा शाहरुखले धेरै लगानी गरेर पनि फिल्म फ्लप हुनाले स्पेसको क्यारेक्टरमा अभिनय गर्न नचाहेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।