राजविराज– राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले विकास निर्माणका काममा सत्ता पक्ष र प्रतिपक्षको कित्ता छुट्याउन नहुने बताएका छन्।
सप्तरीको कञ्चनरुप नगरपालिकास्थित रुपनगरबाट उदयपुरको शिवाई जोड्ने ‘मदन भण्डारी राजमार्ग’ शिलान्यास गर्न शुक्रबार सप्तरी आएका खतिवडाले यस्तो बताएका हुन्। विकास निर्माणका काममा सामूहिक भावना हुनुपर्ने उनको भनाइ छ।
कञ्चनरुपदेखि उदयपुरसम्म करीब १३ किलोमिटर लामाे साे सडक निर्माणको काम १ करोड रुपैयाँको लागतमा सम्पन्न हुने सडक डिभिजन कार्यालय लहानले जनाएको छ।
अध्यक्ष तिमल्सिनाले कञ्चनरुप-९ स्थित विष्णु सामुदायिक हाताभित्र रहेको १ यस २४ विघा जग्गामा निर्माण हुन लागेको ‘मदन भण्डारी खेलग्राम’को समेत शिलान्यास गरे। खेलग्राम निर्माणका लागि कञ्चनरुप नगरपालिका र संघीय सरकारको संयुक्त लगानी रहने जनाइएको छ।
यसैगरी, कञ्चनरुप नगरपालिका–१२, श्रावणपुरमा चैत्र ९ गतेसम्म सञ्चालन हुने पञ्चकन्या धार्मिक तथा सांस्कृतिक महोत्सव एवम् श्रीमद् भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञको समेत अध्यक्ष खतिवडाले उद्घाटन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।