राजविराज– चार वर्षअघि सप्तरी सदरमुकम राजविराजमा भएको सामूहिक बलात्कार काण्डका ३ जना अभियुक्तलाई सप्तरी जिल्ला अदालतले १३/१३ वर्षकाे कैद सजाय सुनाएको छ।
शुक्रबार न्यायाधीश उमेश कोइरालाको एकल इजलासले राजविराज नगरपालिका-४ का २३ वर्षीय शम्भु साह, राजविराज– ८ का २८ वर्षीय नवीन दत्त र राजविराज–९ का २० वर्षीय फुदिन खानलाई कैद सजाय सुनाएको हो।
बलात्कारको कसुरमा ८ र सामूहिक बलात्कारको कसुरमा थप ५ वर्ष गरी प्रत्येकलाई १३ वर्ष कैद सजायको फैसला भएको श्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिए।
एसएलसी परीक्षा दिएर घर फर्किंदै गरेकी राजविराजकै १६ वर्षीया एक किशोरीको गत २०७१ चैत १३ गते सामूहिक बलात्कार भएको थियो। पिडितका आफन्तको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी मुद्दा चलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।