काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरूः
१) पुराना सामानले भरियो संसद सचिवालयको ग्यालरी भवन र भूइँतला, तत्काल व्यवस्थापन गर्न दिगो विकास तथा सुशासन समितिको निर्देशन।
२) एकै दिन एउटै जग्गाको २ पटक कित्ताकाट, पुँजीगत लाभकरमा घोटाला भएको भन्दै नासुसहित ७ जनाविरुद्ध मुद्दा।
३) उद्घाटन गरिएको साढे २ महिनामै माटो तथा मल परीक्षण प्रयोगशाला प्रयोगबिहीन, घुम्ति बस पनि थन्कियो।
४) माल्दिभ्स लगातार दोस्रो खेलमा पनि पराजित, २–० गोलले श्रीलंका विजयी, भारत र श्रीलंका सेमिफाइनलमा।
५) र, न्युजिल्यान्डका दुई मस्जिदमा आक्रमण, ४० जनाको मृत्यु, इतिहासकै कालो दिन भएको प्रधानमन्त्री जेसिन्डाको भनाइ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।