हुम्ला– हुम्लामा आजदेखि पुन: हिउँ पर्न सुरु भएको छ। जिल्लामा बिहीबार रातिदेखि मौसम फेरबदल भएसँगै हिमपात सुरु भएको हो।
लामो समयको हिमपातले यहाँको जनजीवन अझै कष्टकर बनाएको थियो। हिमपातसँगै जिल्लामा चिसो निकै बढेको र हावाहुरी चलिरहेको छ।
हिमपात भएपछि जिल्लामा चिसो बढेको तापक्रम माइनसमा झरेको छ।
हिमपात हुँदा जिल्लाको एकमात्र हवाइ यातायात पनि आजदेखि ठप्प भएको छ। जिल्लाबाट बाहिर जाने यात्रुलाई समस्या भएको छ।
हिमपातले कर्णाली प्रदेशको बैठकमा सहभागी हुन विमानस्थल पुगेका सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले हिमपातले निकै समस्या बनाएको बताए।
'प्रदेश बैठक शनिबार दिउँसो छ तर जिल्लाको एकमात्र हवाइ यातायात चलेको छैन,' लामाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।