काठमाडौं– फिल्म ‘ए मेरो हजुर–३’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ।
निर्माण युनिटले अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य अभिनय रहको फिल्मको गीत शुक्रबार सार्वजनिक गरेको हो।
‘जिन्दगी नै भन्दिनँ’ बोलको सार्वजनिक गीतमा अनमोल र सुहाना नै फिचर्ड गरिएको छ। सुगम पोखरेल र प्रविशा अधिकारीको स्वर रहेको गीतमा एक नारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत सुन्न सकिन्छ।
नेपालसँगै अमेरिकाका विभिन्न स्थानमा छायांकन गरिएको गीतको भिडियोमा अनमोल र सुहानाको जोडी प्रेमिल र बोल्ड देखाइएको छ।
अभिनेत्री झरना थापाको निर्देशन रहेको फिल्म चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। फिल्मबाट झरनाकै छोरी सुहाना थापाले डेब्यु गर्दैछिन् भने फिल्मलाई उनकै श्रीमान सुनिल कुमार थापाले निर्माण गरेका हुन्।
फिल्ममा अनमोल र सुहानाका साथमा सलाने बस्नेत, अर्पण थापा, रवीन्द्र झालगायत कलाकारहरूको अभिनय रहेको छ।
सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको फिल्ममा कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी तथा दीर्घ खड्काले सम्पादन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।