काठमाडौं– फिल्म ‘दाल भात तरकारी’को शीर्ष गीत सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा निर्माण युनिटले गीत सार्वजनिक गरेको हो।
राजेशपायल राई र स्मिता दाहालको स्वर रहेको गीतमा हरिवंश आचार्यको शब्द तथा सम्भुजित बाँसकोटाको संगीत रहेको छ।
सार्वजनिक गीतको भिडियोमा कलाकारहरू पुष्प खड्का, आँचल शर्मा, हरिवंश आचार्य, निरुता सिंह लगायतको उत्कृष्ट नृत्य प्रस्तुत गरिएको छ।
सेफको पहिरनमा देखिएका हरिवंश र निरुताको केमेस्ट्री भिडियोमा निकै जमेका देख्न सकिन्छ। हरिवंश आचार्यको कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई मह सञ्चारको ब्यानरमा निर्माण गरिएको हो।
किरण केसी प्रस्तुतकर्ता रहेको फिल्म आँउदो बैसाख २० गतेबाट प्रदर्शनमा आउनेछ।
अन्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुसाल लगायतको अभिनय रहेको फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।