राजविराज– सप्तरीमा शुक्रबार ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ।
बोदेबर्साइन नगरपालिका-२ स्थित बोदेबर्साइन–विष्णुपुर भित्री सडक खण्डमा स१त २२६६ को खाली ट्रक्याटर अनियन्त्रित भई पल्टिएको थियो। घटनामा ट्याक्टर चालक बोदेबर्साइन नगरपालिका-४ का २४ वर्षीय प्रमोद राउतको मृत्यु भएको छ।
टाउको र शरीरको विभिन्न भागमा चोट लागेका उनको सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।