नयाँ दिल्ली- भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिँड्ने एक पुल भत्किँदा ज्यान गुमाउने व्यक्तिको संख्या कम्तीमा ६ पुगेको छ। ३१ घाइते भएका छन्।
बिहीबार साँझ भएको उक्त घटना भएको हो। घाइतेहरुको अवस्था हाल स्थिर रहेको जनाइएको छ।
यस घटनामा ज्यान गुमाउने व्यक्तिलाई ५ लाख भारतीय रुपियाँ बराबरको क्षतिपूर्ति दिने महाराष्ट्रका मुख्यमन्त्रीले बताएका छन्।
स्थानीय सरकार अधिकारीहरुका अनुसार सो पुल १९८० मा बनेको थियो। पुल बन्द नगरिँदा सार्वजनिक हिँड्डुलका लागि खुल्ला गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।