महेन्द्रनगर– कञ्चनपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार बेतकोट नगरपालिका– २ बस्ने २३ बर्षका टेकराज जोशी रहेको प्रहरीले जनाएको छ।
महेन्द्रनगबाट बेल्डाडी तर्फ जाँदै गरेको से५प ७१३५ नम्बरको मोटरसाइकले बेतकोट नगरपालिका– ९ मा साइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका जोशीलाई उपचारका लागि महाकाली अञ्चल अस्पतालबाट अर्को अस्पतालमा रेफर गरेपछि उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक बेल्डाडी गाउँपालिका– २ बस्ने २३ वर्षीय सन्तोष रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।