जनकपुर– पर्सामा पुनः एक बालिका बलात्कारको सिकार भएकी छन्।
वीरगन्ज महानगरपालिका– ११ रानीघाटमा ९ वर्षीया बालिका बलात्कारको सिकार भएकी हुन्।
बहुदरामाई नगरपालिका– ३ का २५ वर्षीय राजन साह तुराहाले बुधबार दिउँसो मिठाईको प्रलोभन देखाएर बालिकालाई बलात्कार गरेको पर्सा प्रहरी प्रबक्ता आनन्द राम शर्माले जानकारी दिए।
घरमा एक्लै खेलिरहेका बेला ती बालिकालाई मिठाईको प्रलोभन देखाएर सोहि घरमा डेरा गरी बस्ने तुराहाले आफ्नो कोठामा लगी जबरजस्ती करणी गरेको पीडित बालिकाकी आमाले बताइन्।
बलात्कृत बालिकालाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको छ।
आफू बजार समान किन्न गएको बेला छोरीको बलात्कार भएको बालिकाकी आमाले बताइन्।
घटनामा संलग्न युवक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।