नुवाकोट– नुवाकोटको विदुर नगरपालिका–५ माझीटारस्थित पूर्णिमा अर्यालको घरमा आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
घर धनी अर्याल आफन्तको वैवाहिक समारोहमा भाग लिन गएको र उनका दुई छोरा आफन्तको घरमा बसेका कारण कुनै मानवीय क्षति भने हुन पाएन।
आगलागीका कारण अर्यालको नगद र सुनका गहनासमेत क्षति भएको छ।
आगलागी कति बजेदेखि सुरु भएको भन्ने यकिन नभए पनि छिमेकीले बिहान ५ बजेमात्र आगलागी भएको थाहा पाएका थिए।
त्यसपछि स्थानीय र नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।