काठमाडौं– रोल्पामा प्रथम राष्ट्रिय अक्षर महोत्सव हुने भएको छ।
रुन्टिगढी गाउँपालिकाको आयोजनामा चैत्र ७ र ८ गते होलेरीमा राष्ट्रिय अक्षर महोत्सव हुन लागेको हो।
पर्यटन र साहित्य प्रर्वद्धनको निम्ति महोत्सव आयोजना गरिएको आयोजको भनाइ छ।
महोत्सवमा मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंशी आचार्य), कवि तुलसी दिवस, आख्यानारहरू नयनराज पाण्डे, अमर न्यौपाने, रामलाल जोशी, नवीन विभास लगायतका लेखक तथा कलाकार सहभागी हुनेछन्।
त्यसैगरी संविधानविद् डा. भिमार्जुन आचार्य र गायिका कोमल वली पनि सहभागी हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।