काठमाडौं– बंगलादेशले पाँचौ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ। बिहीबार विराटनगरमा भएको समूह 'ए' को खेलमा भुटानलाई २–० गोलले पराजित गर्दै बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरेको हो।
सहिद रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफ सुरु भए लगत्तै बंगलादेशले खेलमा अग्रता लियो। उसका लागि मिश्रात जहाले ४७ मिनेटमा गोल गरेकी थिइन्। यस्तै खेलको ८५ मिनेटमा सविना खातुनले बंगलादेशको अग्रता दोब्बर पारिन्।
बंगलादेश विजयी भएसँगै नेपाल पनि सेमिफाइनलमा पुग्यो भने भुटान बाहिरियो। अब समूह चरणको अन्तिम बंगलादेशले नेपालसँग खेल्नेछ। शनिबार हुने यो खेलले समूह विजेताको टुंगो लगाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।