भैरहवा- रुपन्देहीको मायादेवी गाउँपालिकास्थित गोयन्का स्टिल्समा आगलागी भएको छ। उद्योग परिसरमा रहेको फर्मेस आयल ट्यांकी लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ।
दिउँसो २ बजेतिर लागेको आगो भैरहवा तथा लुम्बिनीबाट आएको दमकल तथा प्रहरीको सहायताले नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।
ट्यांकी ३६ हजार लिटर क्षमताको रहेको उद्योगले जनाएको छ।
आयाल ट्यांकी एकान्त ठाउँमा रहेका कारण उद्योगमा थप क्षति हुन पाएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।