काठमाडौं– एएफसी कपअन्तर्गत नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब रहेको समूह 'ई' को समिकरण पूरा भएको छ।
समूहमा अन्तिम टिमको रुपमा भारतको चेन्नइयनले स्थान पक्का गरेको हो। दक्षिण एसियाको प्लेअफमा श्रीलंकाको कोलम्बोलाई दुवै लेगमा गरी १–० ले पराजित गर्दै चेन्नइयन समूहमा स्थान पक्का गरेको हो। पहिलो लेग गोलरहित बराबरीमा सकिदा बुधबार भएको दोस्रो लेगमा चेन्नइयनले १–० को जित हात पार्यो।
अब समूह 'ई' मा नेपालको मनाङसहित, बंगलादेशको ढाका अबाहनी र भारतको मिर्नेभा पन्जाव छन्।
प्रतियोगितामा नेपालले पहिलो खेल आगामी २० चैतमा ढाकासँग खेल्नेछ। खेल एन्फा कम्प्लेक्समा हुनेछ। नेपालले दोस्रो खेल वैशाख ४ गते चेन्नइयनसँग दिल्लीमा खेल्नेछ। यस्तै पन्जावसँग वैशाख १४ गते एन्फा कम्प्लेक्समा हुनेछ। त्यसपछि दोस्रो लेगका खेल हुनेछन्।
मनाङले लिग च्याम्पियनको रुपमा एएफसी कपमा स्थान पक्का गरेको हो। मनाङले पहिलो पटक एएफसी कप खेल्न लागेको हो। मनाङले कपका लागि छिरिङ लोप्साङलाई प्रशिक्षकको रुपमा नियुक्त गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।