काठमाडौं– दुई देशबीचको धार्मिक सीमा मार्ग खुलाउने विषयमा भारत र पाकिस्तान वार्तामा बसेका छन्।
भारतको पुलवामामा गत १४ फेब्रुवरीमा भएको आतंकवादी हमलापछि भारत–पाकिस्तानबीच चुलिएको विवादपछि पहिलो पटक दुई देशका प्रतिनिधि मण्डलबीच औपचारिक वार्ता भएको हो।
यो वार्ताले दुवै देशबीच चुलिएको विवादलाई मत्थर पार्न अझै सहयोग पुर्याउने आशा गरिएको छ। करतारपुर मार्गको ‘मोडालिटी’ टुंग्याउन भारतको अमृतसहरस्थित अट्टारीमा दुई देशबीच वार्ता सुरु भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले जनाएका छन्।
प्रस्तावित करतारपुर मार्गको मस्यौदा सम्झौतामा छफल गर्न पाकिस्तानी प्रतिनिधिमण्डल आजै भारत प्रस्थान गरेको थियो। यो मार्गले भारतीय शिख समुदायका तीर्थयात्रीलाई विना राहदानी पाकिस्तानमा रहेको गुर्दवारा दरबार जान सहज बनाउने ठानिएको छ।
दुई देशबीच गत वर्ष भारतको पञ्जाव राज्यस्थित गुर्दास्पुर र पाकिस्तानको गुर्दवारा दरबार जोड्न विशेष सीमा पास बनाउन सहमत भएका थिए।
गुर्दवारा दरबार शिख धर्मका संस्थापक गुरु नानकको आश्रम हो।
हजारौं शिख समुदायका भारतीय तिर्थयात्री यात्रका लागि त्यहाँ जाने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।