अदिस अबाबा- इथियोपियाले दुर्घटनाग्रस्त इथियोपियन एअरलान्सको 'बोइङ-७२७ म्याक्स' विमानको ब्लाक बक्समा रेकर्ड भएका गतिविधि अध्ययन तथा विश्लेषणका लागि युरोप पठाउने निर्णय भएको विमान कम्पनीका प्रवक्ताले बुधबार जानकारी गराएका छन्।
आइतबार चालक दलका सदस्यसहित १५७ जना लिएर उडेको केही मिनेटमै विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको थियो। विमानमा विभिन्न ३५ देशका यात्रुहरू रहेको कम्पनीले जानकारी गराएको छ।
प्रवक्ता असरत वेगासाले भने, 'हामीले ब्लाक बक्सको विश्लेषणका लागि युरोप पठाउने निर्णय गरेका छौँ। तर कुन देशमा पठाउने भन्ने बिषयमा सम्बन्धित देशको अनुमतिपश्चात् सार्वजनिक गरिनेछ। हामीले अहिलेसम्म यही देश पठाउने भन्ने अझै टुङ्गो लागेको छैन।'
यस पहिले विमान कम्पनीले ब्लाक बक्स अध्ययनका लागि आफूहरूसँग सामग्री नभएको बताएको थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।