काठमाडौं– मलेसियास्थित नेपाली दूतावासले विभिन्न कारणबाट अलपत्र परेका २३ नेपाली श्रमिकको उद्धार गरी स्वदेश फर्काएको छ।
हवाइ टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपाङ घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरूलाई दूतावासको सक्रियतामा उद्धार गरी विभिन्न चरणमा नेपाल ल्याइएको हो।
उनीहरूलाई नेपाल ल्याउन दुतावासले एकतर्फी हवाइ टिकट उपलब्ध गराएको थियो।
दुतावासले फागुन महिनामा विभिन्न घरफिर्ती केन्द्रमा अलपत्र रहेका नेपालीलाई उद्धार गर्ने उद्देश्यले अनुगमन गरेको थियो।
लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा नेपाली श्रमिकमा शारीरिक तथा मानसिक समस्या देखिएको दुतावासले जनाएको छ।
विभिन्न कारणबाट विदेशी भूमिमा अलपत्र परेका नेपाली श्रमिकलाई घर फिर्ता पठाउने अभियान निरन्तर रुपमा जारी रहने दुतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।