धनगढी– सब डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृतलाई घुस लिँदै गर्दा अख्तियारले पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले सहायक अधिकृत भरतप्रसाद शाहलाई घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो।
सुनसरीको इनरवा नगरपालिका–३ स्थायी घर भएका शाहले सेवाग्राहीसँग काठ चोरी निकासीको मुद्धा मिलाइदिने भन्दै घुस लिएका थिए।
सोही क्रममा उनलाई टोलीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।