राजविराज- सप्तरीमा बुधवार बिहान मोटरसाइकलमाथि यात्रुबाहक बस पल्टिएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोहि ठाउँका मो.मजलुम मियाँ र रामे पासपानको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलमै मृत्यु भएका अर्का व्यक्तिकोे नाम खुल्न सकेको छैन।
बसमा सवार घाइते भएका अन्य यात्रुलाई उपचारको लागि लहान पठाएको प्रहरीले जनाएको छ।
को ३४ प ६४३५ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा को १ ख ४९६४ यात्रुवाहक बस मोटरसाइकलमाथि नै पल्टिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।