काठमाडौं– पाँचौ साफ महिला च्याम्पियनसिपमा साविक विजेता भारतले सानदार सुरुवात गरेको छ। भारतले बुधबार विराटनगरको सहिद रंगशालामा भएको खेलमा मल्दिभ्सलाई ६–० गोलले पराजित गरेको हो।
खेलको आठौं मिनेटमा ग्रास डाङमेइले गोल गरेर भारतलाई सुरुवाती अग्रता दिलाइन्। १३ मिनेटमा भारतले अग्रता दोब्बर पार्यो। डिबक्समा अनमार्क रहेकी स्विटी देवीले भारतका लागि दोस्रो गोल गरेकी थिइन्। २३ मिनेटमा इन्दुमति काथेरेसनले भारतका लागि तेस्रो गोल गरिन्।
२७ मिनेटमा सन्जु इन्डियाले भारतका लागि चौथो गोल गरिन् भने पहिलो हाफको इन्जुरी टाइममा रतनबालादेवीले भारतका लागि पाँचौ गोल गरेकी थिइन्। खेल सकिन एक मिनेट बाँकी छदा सन्जुले भारतका लागि छैटौं र व्यक्गित दोस्रो गोल गरेकी थिइन्।
प्रतियोगिताअन्तर्गत बिहीबार भुटान र बंगलादेशबीच खेल हुनेछ। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसहित बङ्गलादेश र भुटान छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन्। नेपालले दोस्रो खेल२ चैतमा बंगलादेशसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।