टोकियो- जापानको दक्षिणपश्चिम प्रान्त वाकायामा नजिकै रहेको किइ पेनिसुलामा ५ दशमलब २ म्याग्निच्युडको भूकम्प गएकाे मौसमसम्बन्धी निकायले बुधबार जानकारी दिएको छ।
स्थानीय समयाअनुसार बुधबार दिउँसाे १ः५३ बजे भूकम्प गएको सो निकायले जानकारी दिएको थियो। यस भूकम्पपछि सुनामीको सूचना भने जारी नगरिएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन्।
वाकायामा प्रान्तको ७ ओटा क्षेत्रमा यस भूकम्पको कम्पन बढी महसुस गरिएको समाचारमा जनाइएको छ।
तोकुशिमानजिकै रहेको क्षेत्र बढी प्रभावित भई आएको यस भूकम्पलाई जापानको भूकम्प मापन क्षेत्रले भने ४ म्याग्निच्युडको मात्र मापन गरेको जानकारी दिएको छ।
भूकम्पबाट प्रभावित भएको यस इलाकालाई शिगा, ओसाका इयोगो र नारा प्रान्तले घेरिएको छ। हालसम्म यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको कुनै समाचार प्राप्त भएको छैन। रासस/सिन्हवा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।