काठमाडौं- युरोपेली संघ (इयू)बाट बेलायत अलग हुने प्रक्रिया (ब्रेक्जिट)का विषयमा आज बेलायती संसद्मा मतदान हुँदैछ। प्रधानमन्त्री टेरिजा मेले तयार पारेको उक्त प्रस्तावमा बेलायतलाई आगामी मार्च २९ तारिखमा इयूबाट बाहिर ल्याउने योजना समेटिएको ठानिएको छ।
मंगलबार बेलुका संसद्मा बहसपछि प्रधानमन्त्री मेको सहमति मस्यौदामा मतदान हुनेछ। उनले युरोपेली संघसँग दुई वर्ष लगाएर गरेको छलफलपछि तयार पारेको उक्त मस्यौदा सम्झौतामाथि सांसदहरूले आफ्नो निर्णय दिनेछन्।
यदि सांसदहरूले प्रधानमन्त्री मेको प्रस्ताव अस्वीकार गरेमा तोकिएकै मितिमा बेलायत कुनै सम्झौता बिना नै इयुबाट बाहिरिने छ वा त्यो मिति पछाडि धकेलिने छ।
उक्त प्रस्ताव अस्वीकार गरेमा कुनै सम्झौता बिना नै इयुबाट बेलायत बाहिरिने कि नबाहिरिने भन्ने विषयमा पनि सांसदलाई मतदानको अवसर प्रदान गरिने छ।
प्रस्ताव पारित भएमा भने बेलायतबाट आगामी मार्च २९ तारिखमा इयुबाट बाहिरिने छ।
तर, सन् २०२० को डिसेम्बरसम्म बेलायत अहिलेकै स्वरुपमा चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।