काठमाडौं– भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीकै गृह राज्य गुजरातमा पुगेर मोदीविरुद्ध आक्रामक सम्बोधन गरेकी छन्। कांग्रेस महासचिवमा नियुक्त भएपछि पहिलोपटक मंगलबार गान्धी नगरमा ठूलो सभालाई सम्बोधन गरेकी उनले मोदीले अघिल्लो चुनावमा प्रत्येक नागरिकका खातामा जम्मा गर्ने भनेको १५ लाख भारु र महिला सुरक्षाबारे प्रश्न उठाइन्।
गत २३ जनवरीमा भारतीय कांग्रेले उनलाई पार्टीको महासचिव र उत्तरप्रदेश राज्यको इन्चार्जको समेतको जिम्मेवारी दिएको थियो। पार्टी अध्यक्ष राहुल गान्धी र आमा सोनिया गान्धीसहित सभामा उपस्थित उनले देशको वर्तमान अवस्था दुखलाग्दो रहेको भन्दै चुनावमा मोदीलाई उचित प्रश्न सोध्न आग्रह समेत गरिन्।
‘जसले सन् २०१४ मा उच्च बाचा गर्यो उसलाई तपाईंको खातामा १५ लाख जम्मा नभएको बारे सोध्नुहोस्,’ सभामा उपस्थित नागरिकलाई उनको आग्रह थियो,‘ महिला सुरक्षा र रोजगारीबारे उनीहरूले गरेका बारे सोध्नुहोस्।’
सन् २०१४ को लोकसभा निर्वाचनको चुनावी सभामा मोदीले विदेशबाट कालोधन फिर्ता ल्याएर प्रत्येक नागरिकका खातामा १५ लाख भारु राखिदिने बाचा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।