• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मन्त्री र सांसदको सवालजवाफ : कानुन निर्माणमा संसद सार्वभौम कि सरकार महत्वपूर्ण!

64x64
नेपाल लाइभ मंगलबार, फागुन २८, २०७५  १७:५४
1140x725

काठमाडौं– संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा दुई दिनदेखि प्रदेश लोकसेवा विधेयक प्रतिवेदनमाथि छलफल भइरहेको छ।

छलफलका क्रममा कानुन निर्माणका लागि सरकारका प्रतिनिधि र सांसदबीच सवालजवाफ भएको छ। उनीहरुबीच संसद सार्वभौम कि सरकार महत्त्वपूर्ण भन्ने विषयमा नरम स्वरमा ‘गरम’ सवालजवाफ भएको हो। 

संघीय संरचनामा प्रदेश लोकसेवा आयोग रहने व्यवस्था छ। सोही आयोगको गठन प्रक्रिया, काम, कर्तव्य र अधिकारका विषयमा संघीय संसदले ऐन बनाउँदैछ।

सोमबार र मंगलबार समितिका सदस्य सांसद र सरकारका प्रतिनिधिहरुले विभिन्न विषयमा छलफल गरे। त्यसमध्ये यी दुई दिनको धेरै समय आयोगका अध्यक्ष र सदस्यको उमेरका विषयमा केन्द्रित भयो।

सरकारका प्रतिनिधिहरुले संघीय लोकसेवा आयोगका लागि तोकिएकै मापदण्ड प्रदेश लोकसेवा लागि पनि हुनुपर्ने विषयमा तर्क दिएका छन्। उनीहरुको तर्को छ– 'संविधान देशको मूलभूत व्यवस्था हो। यसलाई सन्दर्भका रुपमा लिइँदैन। एउटा आधार र मापदण्ड बनाउँदा कुनै न कुनै कानुनबाट निर्देशित हुनुपर्छ। हामीले संविधानकै प्रावधानलाई लिनुपर्छ।'

संविधानमा प्रदेश लोकसेवालाई प्रदेशकै कानुनले निर्देशित गर्ने व्यवस्था समेत रहेको सांसदहरुले तर्क थियो। धेरै सांसदहरु प्रदेश लोकसेवा आयोगका पदाधिकारी र सदस्यको उमेर हद ४५ वर्षबाट घटाउनुपर्ने पक्षमा थिए।

नयाँ प्रतिभा, युवा ऊर्जा र क्षमताको उपयोग गर्नुपर्ने भन्दै सांसद यशोदा सुवेदीले भनिन्– ‘प्रदेश लोकसेवा आयोगका काम, कर्तव्य र अधिकार प्रदेश कानुन अनुसार बनाउने संविधानमा भनिएको छ। संघीय संसदले कानुन बनाएका आधारमा प्रदेश लोकसेवा आयोगका पदाधिकारीको मापदण्ड  बनाउने हो।’

उनले एकै प्रकार जनशक्तिलाई अवसर दिन नभई फरक अनुभव र क्षमताका व्यक्तिलाई अवसर दिन प्रदेशका पदाधिकारीको उमेर हद घटाउनुपर्ने दलिल पेश गरिन्।

Ncell 2
Ncell 2
nimb
nimb

'संविधानका कुरा गरेर अड्काउनुहुँदैन', उनले भनिन्, 'तपाईंहरुले अन्तरकुन्तरमा कहीँ सहमति गर्नुभएको छ भने पनि त्यो मान्य हुँदैन। यो संसदीय सर्वोच्चताको विषय पनि हो।'

उमेर घटाउने विषयमा सहमत हुँदै सांसद प्रेम सुवालले प्रतिनिधिसभा सदस्यकै न्युनतम उमेर २५ वर्ष भएकाले त्यही व्यवस्था गर्नुपर्ने बताए।

सांसद रेखा शर्माले पनि न्युनतम ४५ वर्षको उमेर हुनुपर्ने विषयमा परिमार्जन जरुरी रहेको बताइन्। सरकारका प्रतिनिधिहरुले अघि सारेका तर्कप्रति चित्त दुःखाउँदै भनिन्– 'हामीले बोलेका कुराको उल्टो अर्थ लगाइयो। साह्रै नबुझ्ने सांसद पनि छैनौं हामी।'

यसैगरी सांसद राजकिशोर यादवले विश्वमै चिन्तनमा परिवर्तन आइरहेकाले नेपालमा पनि पुराना चिन्तनबाट मुक्त भएर उमेर हद परिवर्तन गर्दा फरक नपर्ने बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसैगरी सांसद देवेन्द्रराज कँडेलले पनि नयाँ पुस्ता आफूहरु भन्दा सक्षम भएको भन्दै न्युनतम ३५ वर्ष हुनुपर्नेको पक्षमा बोले। उनले प्रश्न गरे– 'बुढो भएर जोत्ने कि युवालाई अवसर दिने?'
सांसदका रायलाई सम्बोधन गर्दै सरकारका तर्फबाट यस विषयमा फेरि आफ्नो राय राख्न समितिकी सभापति शशी श्रेष्ठले कानुन मन्त्री भानुभक्त ढकाललाई आग्रह गरिन्।

मन्त्री ढकाललाई सांसद सुवेदीले उठाएको ‘संसदीय सर्वोच्चता’को विषयले घोचेको रहेछ। नरम स्वरमा ‘गरम’ प्रस्तुति दिन थाले। उनले भने– 'नम्रतापूर्वक के अनुरोध गर्न चाहान्छु भने संसद कानुन बनाउने कुरामा सार्वभौम छ। तर, ‘इन्क्ल्युडिङ गभरमेन्ट’ (सरकार समाहित) भएन भने त्यसले वैधता पाउँदैन।'

आयोगका पदाधिकारीको न्युनतम उमेर हद कति तोक्ने भन्ने विषयको बहस त ‘कानुन बनाउन सरकार महत्त्वपूर्ण कि संसद’ भन्ने विषयतिर मोडिए जस्तो देखियो। 

मन्त्री ढकालले ऐन निर्माण प्रक्रिया पढाउन थाले। भने– ‘कानुनका लागि आम रुपमा सरकारले विधेयक बनाएर लैजान्छ। त्यसको एउटा प्रक्रिया छ। सांसदहरुको तर्फबाट कतिपय विधेयक बनाउने पनि प्रचलन छ। तर, सरकारको सहमति र सहभागिता अनिवार्य हुन्छ।'

प्रधानमन्त्रीको तर्फबाट आफू प्रतिनिधि भएर संसदमा उपस्थित हुनुको औचित्य यही रहेको उनले स्मरण गराए। थपे– 'यहाँ सरकारको प्रतिनिधि किन छ भने ल्याएको विधेयकमा भएको संशोधन सरकारका तर्फबाट कति स्वीकार्ने र कति नस्वीकार्ने भन्ने पनि हुन्छ। यहाँबाट प्रतिवेदन गइसकेपछि सम्बन्धित मन्त्रीले सरकारको तर्फबाट प्रतिवेदन निर्णयार्थ प्रस्तुत गर्दा यी विषय बाहेक ग्रहण गरियो भन्न पाउँछ। त्यसैले सरकारको सहमति बिना संसद आफैंमा सार्वभौम हो भन्ने बुझाइ अलिकति परिमार्जन गर्नुपर्छ कि?’

केही दिनअघि राष्ट्रिय सभामा 'यी विषय बाहेक प्रतिवेदन ग्रहण गरियो’को अभ्यास समेत भइसकेको उदाहरण पेश गरेर ‘सरकार ठूलो’ पक्षमा तर्क प्रस्तुत गरे। यसो भन्नुको अर्थ पनि खुलाए– ‘सरकारको तर्फबाट अन्यथा भनेको होइन कि कानुन बन्ने प्रक्रियामा सरकारको संलग्नता र स्वीकारोक्ति चाहिँ जरुरी छ।’

उनले सरकारसँग विधेयक फिर्ता लैजाने अधिकार पनि हुने भन्दै घुमाउरो तरिकाले सांसदलाई सहमत हुन दबाब दिए। र, थपे– ‘यसो भन्नुको अर्थ सरकारको पोजिसन यो हो भन्न खोजेको होइन तर कानुन बनाउने प्रक्रिया यही हो जस्तो लाग्छ।’

प्रधानमन्त्री कार्यालयबाट विधेयक आएकाले आफू प्रतिनिधि मात्रै भएको बताउँदै सोही अनुसार पास गरिदिए संघीयता कार्यान्वयनमा सहज हुने उनले जानकारी गराए। 
उमेरको विषयमा त्यसपछि पनि केहीबेर छलफल भयो।

नवराज सिलवाललगायत केही सांसदहरु ‘उमेर घटाएर सरकारलाई के अप्ठ्यारो पार्नु’ मनोभावमा आएर ४५ वर्षमै सहमत भए। तर, फेरि यही विषयमा बोल्दा मन्त्री ढकालले सांसदहरुको मन राख्दै अध्यक्षको ४५ र अरु सदस्यको ३५ वर्ष न्युनतम उमेर भए पुग्ने विषयमा समर्थन जनाए। 

यससँगै उमेरका विषयमा सहमति जुटेको छ। प्रदेश लोक सेवा आयोगको सदस्य हुन ३५ वर्षमै अन्य योग्यता पुगेकाहरुलाई उमेरले नरोक्ने भएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  १७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्