• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नेपाल एयरलाइन्समा बेथिति : ५५ दिनदेखि बोइङ, ४१ दिनदेखि वाई–१२ जहाज ग्राउन्डेड

पाइलटको पिपिसी नवीकरणमा अध्यक्ष खरेलकै बेवास्ता
64x64
नेपाल लाइभ मंगलबार, फागुन २८, २०७५  १४:५४
1140x725

काठमाडौं- यतिबेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका ७ वटा जहाज ग्राउन्डेड छन्। जसमा अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुँदै आएको बोइङ ७५७ ग्राउन्डेड भएको मात्रै ५५ दिन पुगेको छ। बोइङ मात्र नेपाल वायुसेवा निगमले सातामा मलेसिया ३ र दिल्लीमा ३ उडान गर्दै आएको थियो। 

यसैगरी ४ वटा चिनियाँ वाई–१२ जहाज पनि ग्राउन्डेड छन्। तीमध्ये एउटा ग्राउन्डेड भएको साढे एक वर्षभन्दा बढी भइसकेको छ। ३ वटा वाई–१२ जहाज भने उडानका लागि पाइलट तयार हुँदा पनि ४१ दिनदेखि थन्किएको छ। चिनियाँ एमए६० र एक ट्विनअटर पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै थन्किएका छन्।

५५ दिनदेखि बोइङ किन ग्राउन्डेड?
२८ अक्टोबर, २०१८ मा निगमले मर्मतका लागि बोइङ मलेसिया पठाएको थियो। जहाज मर्मतपछि १६ जनवरी, २०१९ मा जहाज मलेसियबाट काठमाडौं आउँदै थियो। तर, आकाशमै उडिरहेको बेला 'विङ स्क्रिन' बिग्रन गयो। समस्या आए पनि जहाज काठमाडौं विमानस्थलमा अवतरण गरिएको थियो।

त्यसपछि केही दिन जहाज ग्राउन्डेड भयो। ग्राउन्डेड भएको जहाज प्राविधिक टोलीले मर्मत गरेर उडान योग्य बनाए। तर, जहाज उडान योग्य हुँदै गर्दा बोइङ उडान गरिरहेका पाइलटहरुको सिप परीक्षण प्रमाणपत्र (पिपिसी) म्याद सकिएको थियो। 

पाइलटहरुले पनि जहाज नै नउडाई ४५ घन्टा बराबरको मासिक २ लाखभन्दा बढी तलब लिइरहेका छन्।

उनीहरुले जहाज उडाउन पाएनन्। बोइङ उडान गर्ने क्याप्टेनहरु ओमबहादुर गुरुङ, शुक्र शमशेर जंगबहादुर राणा, दिपाल शेरचन र रवीन्द्रबहादुर श्रेष्ठको पिपिसी म्याद सकिएको थियो। बोइङ उडान गर्ने चारैजना पाइलटको पिपिसी नवीकरण हुन नसक्दा अहिले पनि जहाज ग्राउन्डेड भएको छ। 

तर, निगम व्यवस्थापनले अझैसम्म पाइलटलाई पिपिसी नवीकरण गर्न चीन पठाउने तयारी गरेको छैन। पाइलटहरुले पनि जहाज नै नउडाई ४५ घन्टा बराबरको मासिक २ लाखभन्दा बढी तलब लिइरहेका छन्।

पिपिसी परीक्षण प्रमाणपत्र नवीकरण नहुँदा जहाज कहिलेबाट उड्ने निश्चित हुन सकेको छैन। पाइटलको पिपिसी वर्षमा दुई पटक नवीकरण गर्नुपर्ने हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

पिपिसीका लागि निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएर ट्रेनिङ सेन्टर रहेको देशमा जानुपर्छ। तर, बोइङ उडान गर्दै आएको चारैजना पाइलटको पिपिसी नवीकरणका लागि प्रक्रियासमेत थालनी नभएको एक वरिष्ठ पाइलटले जानकारी दिए। 

तर, निगमका प्रवक्ता पाइलट विजय लामाले भने सो विमानको उडान गराउने वा नगराउने भन्ने अन्योल रहेकाले पिपिसी नवीकरणमा समस्या आएको बताए। उनले बोइङ जहाज उडानलाई पनि निरन्तरता दिइने बताए। यो विषयमा अध्ययन गर्न गठित कमिटीले प्रतिवेदन तयार पारिसकेको समेत उनको भनाइ छ। पिपिसी नवीकरण हुन बाँकी पाइलटको केही दिनभित्रै नवीकरण हुने र जहाज पनि उड्ने उनले बताए।

४१ दिन देखि वाई–१२ ग्राउन्डेड
निगमकै ३ वटा वाई–१२ जहाज ४१ दिनदेखि उडान योग्य भए पनि ग्राउन्डेड भएका छन्। एउटा वाई–१२ जहाज भने डेढ वर्षदेखि ग्राउन्डेड भएर बसेको छ। लामो सयमदेखि ग्राउन्डेड भएको जहाज भने तत्काल मर्मत हुने अवस्थामा पनि छैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

३ वटा वाई–१२ जहाज भने निगमका कार्यकारी अध्यक्ष मदन खरेलकै मनपरीका कारण जहाज ग्राउन्डेड भएको छ। खरेलले वाई–१२ जहाज उडान गरिरहेका पाइलट उद्धव घिमिरेलाई ए–३२० जहाज उडानका लागि प्रशिक्षणमा पठाउने निर्णय गरेसँगै चारैवटा चिनियाँ जहाज वाई–१२ ग्राउन्डेड भएका हुन्।

मासिक १० लाख रुपैयाँभन्दा बढी तलब लिने आङनुरी शेर्पाको पनि पिपिसी नवीकरण हुन नसक्दा ३१ जनवरीबाट वाई-१२ जहाज ग्राउन्डेड भएको हो।

वाई–१२ जहाज उडान सन्जय बादे, नेपेन्द्र भट्टराई, उद्धव घिमिरे र आङनुरी शेर्पाले गर्दै आएका थिए।

तर, खरेलले गरेको सो निर्णयमा निगमका सिनियर पाइलट बादे र भट्टराई सन्तुष्ट हुन सकेनन्। आफूहरुलाई ए–३२० को प्रशिक्षणमा नपठाएको भन्दै उनीहरू बिरामी बिदामा बसे। यसपछि सबै चिनियाँ जहाज ग्राउन्डेड हुन पुगे। तर, भट्टराईले फेब्रुअरी २५ मा उडानका लागि तयारी भएको सूचना दिँदा पनि निगम व्यवस्थापनले १६ दिनदेखि जहाज उडान गर्न दिएको छैन।

निगमले भट्टराईलाई २७ फेब्रुअरीमा काठमाडौं–दाङ, दाङ–काठमाडौं उडान गर्ने सेड्युलमा राखेको थियो। तर, उक्त दिन मौसम प्रतिकूलताका कारण जहाजले उडान भर्न सकेन। त्यसपछि भने निगम व्यवस्थापनले भट्टराईसँग मेडिकल रिपोर्ट मागेर जहाज उडानका रोक लगाएको छ। तर, नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको मेडिकल टेस्ट रिपोर्ट मार्च २०१९ सम्म छ। 

यता २८ फेब्रुअरीमा बिरामी बिदामा बसेका पाइलट बादे पनि जहाज उडानका लागि निगम फर्केका थिए। तर, उनलाई पनि जहाज उडान गर्न दिइएन। फेरि केही दिनपछि उनी बिरामी बिदामा बसेको निगम स्रोतले बतायो। 

यता मासिक १० लाख रुपैयाँभन्दा बढी तलब लिने आङनुरी शेर्पाको पनि पिपिसी नवीकरण हुन नसक्दा ३१ जनवरीबाट वाई-१२ जहाज ग्राउन्डेड भएको हो। शेर्पा चीन गए पनि पिपिसी नवीकरण नगरी फर्केका छन्।

अध्यक्ष खरेलले नियमविपरीत घिमिरेलाई ए–३२० जहाज उडान पाइलट प्रशिक्षणमा पठाउँदा सबै जहाज ग्राउन्डेड भएको निगमका एक वरिष्ठ पाइलटले बताए।

निगमको सेवा प्रवेश गर्दा जुन व्यक्ति पहिले प्रवेश गरेको हो, उसलाई नै पेसागत वृद्धि विकासमा पहिलो अवसर हुने व्यवस्था उल्लंघन गरेकाले जहाज ग्राउन्डेड भएको स्रोतको दाबी छ।

सिनियर पाइलटलाई प्रशिक्षणमा जान रोक लगाउँदै खरेलले म्यान्युअल परिवर्तन गरेपछि समस्या सिर्जना भएको स्रोत बताउँछ।

चिनियाँ एमए ६० पनि एउटा मात्रै उडानमा
निगमसँग रहेको दुई वटा एमए ६० जहाजमध्ये एउटा जहाज ग्राउन्डेड भएर बसेको छ। एमए ६० ले अहिले दैनिक दुई गन्तव्यमा उडान गरिरहेको छ। एमए ६० ले विराटनगर, भद्रपुर, नेपालगन्ज र धनगढीमा उडान गरिरहेको छ।

ग्राउन्डेड भएको एमए ६० जहाज पनि तत्काल मर्मत हुने अवस्थामा छैन। यी जहाज सम्राटबहादुर शाह र अर्पित श्रेष्ठले उडान गर्दै आएका छन्।

एक ट्विनअटर पनि ग्राउन्डेड


निगमसँग रहेको ३ वटा ट्विनअटर जहाजमध्ये एउटा ग्राउन्डेड भएर बसेको छ। ट्विनअटर उडानमा ४ जना पाइलट रहेका छन्। यसबाहेक थप एक जना पाइलटको लाइसेन्स छ। तर, मानबहादुर तुम्बाहाम्फेले नै उक्त लाइसेन्सका आधारमा पाइलटको सेवासुविधा लिइरहेका छन्। उनी भने को-पाइलटको भूमिकाका उडिरहेका छन्।

प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  १४:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्