काबुल- अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिवान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ। यस आक्रमणमा परी अरु दर्जनौं प्रहरी घाइते भएको स्थानीय 'टोलो टेलिभिजन'ले जनाएको छ।
प्रान्तीय राजधानी कला–ए–नाउबाट उत्तरमा पर्ने यस इलाकामा सोमबार राति दर्जनााैंकाे सङ्ख्यामा सशस्त्र तालिवान लडाकूहरुले बन्दुक र भारी हातहतियारका साथ भीषण आक्रमण गरेको प्रान्तीय सरकारका प्रमुख जियाउला हक फिरोजले जानकारी दिए।
यद्यपि यस झडपमा परी कैयौं आतङ्ककारी पनि मारिएका तथा घाइते भएका फिरोजले दाबी गरे। यो स्थान अफगानिस्तानको राजधानी काबुलबाट ५ सय ५५ किलोमिटर टाढा पर्छ
गत आइतबार पनि बाला मुर्घाब जिल्लामा रहेको सेनाको शिविरमा तालिवान लडाकू समूहले गरेको आक्रमणमा २० भन्दा बढी सैनिक मारिनुको साथै २८ जना घाइते भएका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।