• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गर्भनिरोधका विधि

64x64
नेपाल लाइभ मंगलबार, फागुन २८, २०७५  १३:१५
1140x725

गर्भनिरोध भन्नाले गर्भ रहन नदिने विधि भनेर सामान्य रुपमा बुझिन्छ । गर्भ रहन नदिँन स्थायि तथा अस्थायि साधनको प्रयोग गरीन्छ । नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षणको प्रारम्भिक प्रतिवेदनअनुसार नेपालमा ४३ दशमलव दुई प्रतिशतले परीवार नियोजनका साधन प्रयोग गर्ने गरेको देखाएको छ । परिवार नियोजनका साधन प्रयोग गर्नुपुर्व चिकित्सकसँग परामर्श गर्न आवश्यक हुन्छ । यस्ता विधिको उपयुक्तता मानिसको स्वास्थ्य, सामाजिक धारणा र इच्छामा निर्भर रहन्छ । तर जुनसुकै गर्भनिरोधक विधि अपनाए पनि यसको सफलता सहि प्रयोग र विधिपूर्वक प्रयोगमा निर्भर हुन्छ ।

कसैलाई यस्ता विधि गर्भ निरोध गर्न प्रयोग गर्छन् भने केहीले यौन सुरक्षाको लागि प्रयोग गर्छन । असुरक्षित यौन क्रियाकलापबाट एचआइभी, हेपाटाइटिस तथा यौनजन्य रोगहरु सर्ने गर्दछ । गर्भनिरोधका लागि भने गर्भधारणमा अवरोध ल्याउन शुक्राणु (वीर्य) लाई गर्भाशयमा पुग्नबाट रोक्नु पर्ने हुन्छ । यसको लागि कण्डम, गर्भनिरोधक चक्कि, सुई, हर्मोन, इम्प्लान्ट आदिको प्रयोग गर्न सकिन्छ । यीनिहरुको प्रयोग आफ्नो छनोट अनुसार गर्न सकिन्छ । यदि कण्डम बाहेकको विधि प्रयोग गर्नुपरेमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह अनिवार्य लिनुपर्ने हुन्छ ।

कण्डमको प्रयोग

कण्डम एक सुरक्षित विधि हो । यो सर्वसुलभ पनि छ । कण्डम प्रयोग गर्दागर्दै अरु गर्भनिरोधक उपाय पनि अपनाउन सकिन्छ । यौन रोग तथा एचआइभीबाट बच्न कण्डमको प्रयोग एकमात्र उपयुक्त विधि हो । यसले गर्भ निरोध गर्नुको साथै यौन सुरक्षा पनि प्रदान गर्दछ । कण्डमसँगै शुक्राणुनाशक औषधिको प्रयोग पनि गर्न सकिन्छ । आज भोलि बजारमा महिलाहरुको लागि पनि कण्डम उपलब्ध छन् । सहि तरीकाले महिला कण्डमको प्रयोग नगरेमा प्रभावकारी मानिदैन ।

हर्मोनको प्रयोग

हर्मोनको प्रयोगले डिंबको उत्पादनलाई रोक्दछ । हर्मोनले शरीरबाट इस्ट्रोजेन र प्रोजेस्टिन हर्मोनको उत्पादनमा कमी ल्याएर डिंबको उत्पादन घटाउछ । यो विधि अपनाउनु अगाडि चिकित्सकको सल्लाह अनिवार्य लिनुपर्छ । यस विधि अन्तर्गत गर्भ निरोधक चक्कि, यौनिमा लगाईने रिङ, हर्मोन सट्स र प्रत्यारोपण (इम्प्लान्ट्स) साथै अरु गर्भाशयी सामाग्रीहरु पर्दछ ।

चक्किको प्रयोग

गर्भनिरोधक चक्किहरु पनि चिकित्सकको परामर्श अनुसार क्रमिक रुपमा सेवन गर्न सकिन्छ । यी चक्किहरु प्रयोग गरीरहेका केही महिलाहरुको महिनावारीमा गडबड हुन सक्छ । यस्ता चक्कीहरुको नकारात्मक असरमा वाकवाकी लाग्नु, टाउको दुख्नु, डण्डीफोर आउनु, रक्तचाप बढ्नु, स्तनमा साह्रोपन हुनु, सुजन, वजन बढ्नु, उदासीनता आदि हुन सक्दछ । तर यस्ता असरहरु हरेक गर्भ निरोधक चक्कि लिने महिलामा नहुन पनि सक्छ । यस्ता चक्कि प्रयोग गरिरहेको महिलाहरुले धुम्रपान गर्नु हुदैन ।

Ncell 2
Ncell 2
nimb
nimb

प्याच (पट्टी) को प्रयोग

गर्भ निरोधक प्याच पातलो हुने गर्दछ । जुन पाखुरा, फिला, पेट र छातीमा प्रयोग गर्न सकिन्छ । यस्ता पट्टी हप्तामा एक पटक तीन हप्ता सम्मलाई प्रयोग गर्न सकिन्छ । चौथौ हप्तामा यसको प्रयोग बन्द गरेमा महिनावारी फेरी सुचारु रुपले हुन सक्छ । यसको असर भनेको गर्भ निरोधक चक्किहरुको जस्तै हुन्छ । पट्टी प्रयोग गरेको पहिलो २ महिनामा स्तनमा केहि अफ्ठेरो पन महशुस हुन सक्दछ । पट्टी लगाएको ठाँउमा जलन पनि हुने सम्भावना हुन्छ । पट्टी लगाउने महिलाले धुम्रपान गर्नु हुँदैन । धुम्रपानले रगत जम्न सक्दछ ।

रिङको प्रयोग

योनिमा लगाइने रिङ पातलो, गोलो र लचीलो हुन्छ । जुन योनिमा आराम साथ लगाउन सकिन्छ । यस्ता रिङ्ग योनिमा ३ हप्ता सम्म लगाइन्छ र पछि बाहिर निकालिन्छ । यो योनिको कुनै विशेष भागमा हुनुपर्छ भन्ने कुनै जरुरी हुँदैन । रिङ्ग निकालि सकेपछि महिनावारी पनि सुचारु रुपले हुने गर्दछ । महिनावारी भएको एक हप्ता पछि फेरी अर्को नयाँ रिङ्ग लगाउनु पर्ने हुन्छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यदि सो रिङ्ग योनिबाट तीन घण्टा वा बढि समयलाई निकालियो भने फेरी लगाउदा त्यो असरदार नहुन सक्छ । सो रिङ्ग लगाएको सात दिन नहुन्जेल सम्म यौन सम्बन्ध राख्नु अगाडि गर्भ निरोधको अर्को उपायहरु अपनाउन ठिक हुन्छ । रिङले कुनै महिलाहरुलाई यौन सम्पर्क राख्न असुविधा हुनसक्छ । यसले योनिमा अप्ठेरोपन हुनसक्छ र यौनसम्पर्ककोबेला योनिबाट बाहिर निक्लन सक्ने हुनाले यसको प्रयोग विधि भरपर्दो मानिँदैन । यसो गर्नाले गर्भ रहन सक्दछ ।

सुईको प्रयोग

गर्भ निरोधक सुई पाखुरामा लगाईन्छ । यो सुई लगाउन तोकिएको स्वास्थ्य संस्थामा जानुपर्छ । एउटा सुईले कम्तिमा तीन महिनासम्म गर्भनिरोध गर्दछ । यो सुई लगाएका महिलाहरुलाई सामान्य रुपमा टाउको दुख्ने, मनोदशा र महिनावारीमा परीवर्तन आउने समस्या हुन सक्दछ ।

इम्प्लान्टको प्रयोग

इम्प्लान्ट (प्रत्यारोपण) गर्ने विधिमा पातलो, लचिलो प्लास्टिकको प्रयोग गरीन्छ । जुन सलाईको काँटी जस्तो हुन्छ । यो महिलाको पाखुराको माथिल्लो भागमा लगाइन्छ । एक पटक यसको प्रयोगले तीन वर्षसम्म गर्भधारण हुदैन । बच्चा चाहिएको खण्डमा यो जुन सुकै बेला पनि निकाल्न सकिन्छ । यसको प्रमुख नकारात्मक असर भनेको महिनावारी समयमा नहुनु र भएको बेलामा, रगत अरु बेला भन्दा धेरै या थोरै बग्न सक्दछ । कुनै महिलाहरुमा यो लगाउन्जेल महिनावारी नै नहुन सक्दछ ।

आइयुडिको प्रयोग

आइयुडि विधिमा, सानो अंग्रेजी टि आकारको सामाग्री महिलाको गर्भाशयमा राखिन्छ । यो दुई प्रकारको हुन्छ । एउटामा तामा हुन्छ जुन नेपालमा कपर टि भनेर प्रचलित छ । अर्कोमा हर्मोन हुने गर्दछ । तामा भएको आइयुडि धेरै समय देखि बजारमा छ र एकपटकको प्रयोगले १२ वर्ष सम्म काम गर्दछ । हर्मोन भएको आइयुडि, तामा भएको भन्दा सुरक्षित  हुन्छ र ५ वर्ष सम्म काम गर्दछ । आइयुडि राख्न महिनावारी भएको एक हप्ता भित्रमा नै पेल्भिस (कम्मरको हड्डी)को जाँच गराउन जानु पर्ने हुन्छ । योनि र गर्भाशय सफा गरीसकेपछि चिकित्सकले पातलो प्लाष्टिकको नलि भित्र यो सामाग्री गर्भाशयमा राखिन्छ । 

आइयुडिमा तार हुने गर्दछ, जुन चिकित्सकले प्रक्रिया मिलाएर काट्ने गर्छन् । आइयुडिको तार महिनैपच्छिे ठिक ठाँउमा छ छैन भनेर परीक्षण गर्नुपर्छ । महिलाहरुमा गर्भाशयले यसलाई धकेलेर ल्याउन पनि सक्दछ । यो विधिमा यदि गर्भाशय भन्दा बाहिर डिम्बमा परेको खण्डमा गर्भ रहने पनि हुन सक्दछ । साथै अरु समस्या पनि आउन सक्दछ । यसको प्रयोग बच्चा भइसकेको महिलाहरुलाई उपयुक्त मानिन्छ । आइयुडिको प्रमुख नकारात्मक असर भनेको राख्दाको दुखाई र राखेको तीन देखी ६ महिनासम्म महिनावारीमा समस्या आउनु हो । कपर आइयुडिमा महिनावारी मा बेसी रक्तश्राव हुने र दुख्ने समस्या हुन सक्दछ । हार्मोन् भएको आइयुडि लगाउँदा महिनावारी पहिलो तीन देखि ६ महिना क्रमिक रुपमा नहुन सक्दछ । कुनै महिलामा महिनावारी पूर्ण रुपले पनि बन्द हुने गर्दछ ।

बंध्याकरण

बंध्याकरण महिला वा पुरुषले गर्भ रहन नदिन पूर्ण रुपमा शल्यक्रिया गराउनु हो । यो बच्चा नचाहिएको खण्डमा गराउन सकिन्छ । यस प्रविधिमा महिलाका डिम्बनलिलाई बन्द गरिन्छ । जस पछि डिंब निक्लन सक्दैन । पुरुषमा शुक्रकिट नलिलाई बन्द गरिन्छ जसले गर्दा शुक्रकिट निस्कन सक्दैन ।

प्राकृतिक परिवार नियोजन

यस विधिमा पुरुष र महिला दुवैले महिलाको महिनावारीको समयलाई ध्यानमा राखेर यौन सम्पर्क राख्नु पर्ने हुन्छ । यी सुरक्षित दिनहरु महिनावारी भएको दिनबाट सात दिन सम्म हुन्छ र २१ औं दिन पछिबाट हुन्छ । तर यो महिनावारीको मासिक अन्तरमा आधारित हुन्छ तर यसको अनुमान गर्न गाह्रो हुने हुनाले गर्भधारण गर्ने विचार नभएको खण्डमा यस्तो विधि अपनाउन अलि जोखिमपूर्ण हुन्छ ।

स्रोत : युएस फुड एन्ड ड्रग एड्मीनिस्ट्रेसन, बर्थ कन्ट्रोल गाइड

 

प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्