काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन्।
अध्यक्ष दाहालले मुलुकको समृद्धिको आधारशीलाको रुपमा रहेको कृषि क्षेत्रको विकासका लागि व्यवसायिक शिक्षामा जोड दिन पनि सरकारसँग आग्रह गरेका हुन्।
सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय किसान सम्मेलनको समापन समारोहमा सम्बोधन गर्दै उहाँले कृषि क्षेत्रको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने आवश्यक्ता पनि औंल्याएका हुन्।
'कृषि क्षेत्रको आधुनिकीकरण गर्न पनि व्यवसायिक शिक्षा अनिवार्य रहेकाले सरकारले यसको उचित व्यवस्थापन गर्न ढिलाई गर्न हुँदैन,' उनले भने, 'कृषि क्षेत्रलाई राज्यले हेयको दृष्टिले हेरेकाले किसानहरु उत्पीडनको शिकार हुनु परेको छ।'
दुई दिने सम्मेलन सोमबार समापन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।