• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पृथकतावादी आन्दोलन सकियो : प्रधानमन्त्री [सम्बोधनको पूर्णपाठ]

64x64
नेपाल लाइभ सोमबार, फागुन २७, २०७५  १८:०३
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सहज र सुखद् रुपमा पृथकतावादी गतिविधि अन्त्य हुनु मुलुकको शान्तिसुरक्षामा महत्वपूर्ण र सकारात्मक उपलब्धि भएको बताएका छन्।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उनले सरकार र स्वतन्त्र मधेस गठबन्धन समूहबीच भएको सहमतिपछि सहज र सुखद् रुपमा पृथकतावादी गतिविधि अन्त्य हुनु मुलुकको शान्तिसुरक्षामा महत्वपूर्ण र सकारात्मक उपलब्धि भएको बताए। सरकार र मधेसमा विभिन्न माग राखेर आन्दोलन गरिरहेको गठबन्धनबीच शुक्रबार ११ बुँदे राजनीतिक सहमति भएको थियो।

विखण्डनकारी गतिविधि परित्याग गरेर राष्ट्रिय राजनीतिको मूल धारमा रहने सहमति धेरै ठूलो कुरा हो भन्दै उनले वैयक्तिक असन्तुष्टि र निहित उद्देश्य बोकेका केही व्यक्तिबाट मात्र त्यसको विरोध भएको बताए। 'एउटा सानो देखिएको तर अत्यन्तै विषाक्त कुरालाई समाधान गर्नु आफैँमा महत्वपूर्ण कुरा छ, राष्ट्रको स्वाधीनता, अखण्डता र स्वतन्त्रताबाहेकका विषयमा जनताको अभिमतबाट चल्न हुन्न भनियो भने यो कस्तो लोकतन्त्र हो?' उनले भने।

राष्ट्रिय सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताका विषयमा भने जनमत सङ्ग्रह हुन नसक्ने स्पष्ट गर्दै उनले नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरि मान्छे पानीबिनाको माछाजस्तो भुट्भुटिएको उल्लेख गरे।

मन्तव्यको पूर्ण पाठ यस्तो छ:
आज राष्ट्रिय सुरक्षा परिषद्को १८ औंँ वार्षिक उत्सव अथवा सुरक्षा परिषद् आफ्ना १८ वर्ष पूरा गरेर १९ वर्षमा प्रवेश गर्दैछ। सुरक्षा परिषद्लाई ह्याप्पी बर्थडे भन्नुपर्ला।

हामी सुरक्षा परिषद्को वार्षिक उत्सवमा यहाँ जम्मा भएर, सहभागी भएर उत्सव मनाइरहँदा हामीले सुरक्षा परिषद्को अर्थ, त्यसको गाम्भीर्य, त्यसका कर्तव्य, त्यसका काम अनेक पक्षहरुलाई पनि स्मरण गरेका छौंँ, गर्नु पर्दछ। 

सुरक्षा परिषद् मूख्य रुपमा समग्र राष्ट्रको सुरक्षा, देशको सुरक्षा, देशवासीको सुरक्षामा केन्द्रित हुन्छ। त्यसका निम्ति यसअघि नै रक्षामन्त्रीज्यूले सुरक्षा परिषद्का जिम्मेवारीका बारेमा अत्यन्त सङ्क्षिप्त ढङ्गले धारणा राख्नु भएको छ। परिस्थितिको विश्लेषण– कस्तो छ त परिस्थिति ? देश र देशवासीको सुरक्षा अर्थात् यस देशको सार्वभौमसत्ता, यसको स्वाधीनता, भौगोलिक अखण्डता, यसका हितहरुको रक्षा, सम्वद्र्धन, भूगोलको रक्षा, अधिकारको रक्षा, मान प्रतिष्ठाको रक्षा। यिनको अवस्था के छ? यसमा चुनौतीहरु कस्ता छन् ? समस्याहरु के छन् ? तिनको समाधान कसरी, कुन विधिबाट गर्न सकिन्छ ? संविधानले नै सुरक्षा परिषद्को महत्व–राष्ट्रिय सुरक्षाको प्रश्नमा स्पष्ट ढङ्गले अगाडि सारेको छ। त्यस हिसाबले परिस्थितिको विश्लेषण, अवस्थाको आंँकलन, समस्या र चुनौतीहरुको पहिचान र तिनको समाधानको सिफारिश, यी सबै कुराहरु सुरक्षा परिषद्ले गर्दछ। त्यसरी राष्ट्रिय सुरक्षाको प्रश्नलाई सुनिश्चित हुने तहमा पुर्‍याउने कामका लागि भूमिका खेल्दछ। 

यतिबेला एउटा कुरा मैले अलिकति चर्चा गर्नु पर्दछ जस्तो लाग्छ, यो १८औंँ वार्षिक उत्सव मनाइरहँदा देशले खुशी हुनुपर्दछ। सुरक्षा परिषद्ले आफ्ना कामका सफलतामा खुशी हुनुपर्दछ। देशका निम्ति अनेक खतराहरु हुन सक्छन्, अनेक समस्याहरु हुन सक्छन्, अनेक चुनौतीहरु हुन सक्छन्। त्यसमध्ये कहिले कहिले विखण्डनका चुनौती, कहिले–कहिले देशमा पृथकताको आकाङ्क्षा वा त्यस्ता माग र योजना पनि प्रकट हुन सक्दछ। विभिन्न समयमा विभिन्न ठाउँमा हामी देख्छाँैं र हाम्रै देशमा पनि फागुन २४ गतेसम्म विखण्डनको माग, पृथकतावादी माग राखेर एउटा समूह क्रियाशील थियो। फागुन २४ गतेदेखि पृथकतावादी सोच, माग र आन्दोलन समाप्त भएको छ र त्यसको एउटा सहज र सुखद् अवतरण पनि भएको छ। यो धेरै राम्रो, सकारात्मक कुरा हो। बीचमा कसैले खेल्न खोज्यो भने पनि खेल्ने ठाउँ रहँदैन। कसैले त्यस मागभित्र वा त्यस आकाङ्क्षाभित्र वा त्यस आन्दोलनभित्र घुसेर केही गर्न खोज्यो भने पनि त्यो सम्भव अब हुँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb

तसर्थ यो एउटा अत्यन्तै महत्वपूर्ण र सकारात्मक उपलब्धि हो। यसमा ध्यान दिनुपर्ने कुरा– सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सम्मान गर्ने र रक्षा गर्ने। त्यस कुरालाई त्यसभन्दा अगाडिसम्म आफ्नो उद्देश्य र माग, आफ्नो आन्दोलन र नारा बनाएर आएको समूहले अब भौगोलिक अखण्डताको रक्षा आफ्नो कर्तव्य हो भनेको छ। संविधानको दायराभित्र, संविधानप्रदत्त जनताको अभिमतद्वारा निर्णय गरिने विधिबाट अगाडि बढ्ने र राष्ट्रिय राजनीतिको आजको मूल धारको राजनीतिमा समावेश भएर अगाडि जाने भन्ने कुरा उहाँहरुले सहमति गर्नुभयो। त्यो धेरै ठूलो कुरा हो। 

केही केही मानिसहरुले असन्तुष्टि व्यक्त गरेका होलान्, कसको मनमा वा के उद्देश्य छन् ती बेग्लै कुरा होलान्। ती वैयक्तिक असन्तुष्टि वा वैयक्तिक उद्देश्यसँग सम्बन्धित होलान्। केहीले किन ल्याइयो ? किन महत्व दिइयो ? किन हैसियत दिइयो भन्ने प्रश्न पनि उठाएका छन्। सानो देखिए पनि विखण्डनको कुरा भनेको अत्यन्तै विषाक्त, बहुतै खतरनाक कुरा हो। त्यस्ता कुरालाई समाधान गरिएको छ भने त्यो महत्वपूर्ण पक्ष हो। 

जनताको अभिमतअनुसार चल्छौंँ भनेको के हो भन्ने प्रश्न पनि उठाएको सुनिन्छ। जनताको अभिमतअनुसार नचल्ने लोकतन्त्रवाद कस्तो हुन्छ ? मैले बुझिन। कस्तो लोकतन्त्रवादी हुन्छन् जनताको अभिमतअनुसार नचल्ने ? आजको जनताको अभिमत भनेको के हो ? आजको जनताको अभिमत भनेको हामीले ०६२।०६३ को आन्दोलन हे¥यौंँ वा त्यसभन्दा यताका कुराहरु वा संविधानसभा वा संविधानसभाबाट बनेको संविधान हेर्‍यौं भने प्रष्ट हुन्छ। आजको जनताको अभिमत भनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो, लोकतान्त्रिक प्रणाली हो। आजको जनताको अभिमत भनेको ती संरचनाहरुको निर्माण हो। आजको जनताको अभिमत भनेको बहुमतको सुदृढ सरकार हो जुन कुरा हामीले लामो सङ्घर्ष पछि प्राप्त गरेका छौंँ। आजको जनताको अभिमत त्यही हो। 

जनता सार्वभौसत्ता सम्पन्न छ र जनताले जे चाहन्छ, त्यो निर्णय गर्छ। कसै कसैले जनमतसङ्ग्रह भन्ने शब्दको उच्चारण नै गर्न नहुने हो कि जस्तो गरेर कुरा गरिरहेका छन्। जनमतसङ्ग्रह लोकतान्त्रिक अभ्यासको एउटा उच्च रुप हो तर कस्ता कुरामा जनमतसङ्ग्रह हुन्छ ? देश टुक्र्याउने भन्ने प्रश्न प्रश्नको रुपमा उभिन सक्छ ? देश टुक्र्याउने कि नटुक्र्याउने प्रश्नमा जनमतसङ्ग्रह कहिले, कहीँ हुन सक्छ ? देशको भौगोलिक अखण्डताका बारेमा कुनै प्रश्न उठ्न सक्छ ? अनि त्यस्ता प्रश्नमा पनि जनताको अभिमत भनेको जनमतसङ्ग्रह भनेर, जनमतसङ्ग्रह हुन्छ? 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भौगोलिक अखण्डता, देशको सार्वभौमसत्ता र स्वाधीनतालाई चोट नपुर्‍याउने प्रश्नहरुभित्र, ती दायराहरुभित्र, लोकतान्त्रिक दायराभित्र जनमत सङ्ग्रह हुन सक्छ। कुनै समयमा जनताले चाह्यो भने जनमतसङ्ग्रह हुन सक्छ तर केमा भन्दा राष्ट्रको अस्तित्वमा, राष्ट्रिय एकतामा, जनताको सार्वभौमसत्ताको प्रश्नमा अथवा स्वाधीनताको प्रश्नमा जनमतसङ्ग्रह हुँदैन। त्यस्ता प्रश्नहरुमा जनमतसङ्ग्रह हुँदैन। भौगोलिक अखण्डताको प्रश्नमा जनमतसङ्ग्रह हुँदैन। सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डतामा प्रश्न नउठ्ने खालका, साम्प्रदायिक विद्वेष नमच्चिने खालका, राष्ट्रिय एकताका पक्षका, लोकतन्त्रका पक्षका विषयहरुमा जनमतसङ्ग्रह हुन पनि सक्छ। जनमतसङ्ग्रह कुनै अलोकतान्त्रिक विषय होइन, कुनै भ्रम राख्नुपर्ने आवश्यकता छैन तर सरकारले अहिले पृथकतावादी धारणा राखिराखेको समूहलाई राष्ट्रिय राजनीतिक धारमा ल्याउन जुन सहमति गरेको छ, त्यस सहमतिमा जनमतसङ्ग्रह भन्ने शब्द छैन। किन छैन भने जनमतसङ्ग्रहको सन्दर्भ र प्रसङ्ग नै यससँग जोडिँदैन। यदि त्यो समूहको माग निरन्तर थियो भने–त्यो समूहको माग नेपाल राष्ट्रका लागि, नेपाल सरकारका लागि, नेपालको संविधानका लागि ग्राह्य थिएन, स्वीकार्य थिएन। छोड्ने कुरामा स्वीकार्य थियो र छ। त्यसैकारण उहाँहरुलाई त्यो सहमतिका साथ छोडाइयो। 

कतिलाई किन चित्त दुखेको हो, मलाई थाहा छैन। कति भुट्भुटिएर पानीबाट निकालेको माछोजस्तो फट्फटाएर कुदेका छन्। किन चित्त दुखेको तिनलाई ? के को छट्पटी हो यो ? पृथकतावाद सकिएकोमा किन खरो भएको त्यो ? अचम्म लाग्छ। त्यस्तो हुनु पर्ने कुनै आवश्यकता छैन। आम नेपाली जनता, नेपाल राष्ट्र सिङ्गैले यसलाई एकाध तत्वहरुबाहेकले सकारात्मक रुपमा सही ढङ्गले बुझेका छन्, सकारात्मक रुपमा लिएका छन् र यो अत्यन्तै ठूलो उपलब्धि हो। 

खासगरी राष्ट्रिय सुरक्षाको प्रश्नमा–हामी जो, सुरक्षासम्बन्धी कुरा गरिराखेका छौंँ, राष्ट्रिय सुरक्षाका प्रश्नमा छलफल गर्छौं भने त्यो महत्वपूर्ण विषय हुन्छ। आज साधारणतयाभन्दा हाम्रो राष्ट्र एउटा सार्वभौमसत्तासम्पन्न, स्वाधीन, आफ्ना निर्णय आफैँले गर्न सक्ने, राष्ट्रिय–अन्तर्राष्ट्रिय आन्तरिक मामला वा वैदेशिक मामला, कुनै पनि मामलामा आफ्ना निर्णय आफू गर्न सक्ने र अविभाज्य, अखण्ड राष्ट्रको हैसियतमा उभिएको छ, जसको भूमि अविभाज्य छ, अखण्डित छ र अखण्डित रहन्छ। 

त्यस हैसियतमा विश्वमा आफूलाई प्रस्तुत गरेको छ र गौरवपूर्ण इतिहासका साथ यसले प्रस्तुत गरेको छ। त्यस विगतको गौरवपूर्ण हाम्रो स्वाधीनताको, स्वतन्त्रताको इतिहासलाई आजको परिवर्तित सन्दर्भ, बदलिएको दुनियाँ, बदलिएको परिस्थितिमा हामी कसरी सफल ढङ्गले अगाडि बढाउन सक्छौँ ? त्यो हाम्रो इहिास, त्यो गौरव। त्यसलाई कसरी अगाडि बढाउन सक्छौँ ? आजका हाम्रा समस्या यही हुन्। आज राष्ट्रिय सुरक्षाको प्रश्नलाई एकपक्षीय वा सङ्कीर्ण हिसाबले मात्रै होइन। यसलाई बहुपक्षीय, बहुआयामिक, सर्वपक्षीय, सर्वआयामिक विषयको रुपमा बुझिन्छ र बुझ्नुपर्छ। 

हामीले आज नेपाललाई एउटा साँच्चैको स्वाधीन राष्ट्रको रुपमा प्रस्तुत गरेका छौँ र त्यसै रुपमा हामी प्रस्तुत गछौँ। हामी स्पष्ट हुनु पर्दछ, विभिन्न प्रकारका रोटी सेक्ने कुराहरु हुन सक्दछन्। 

आज कसैका सङ्कीण स्वार्थका रोटी सेक्ने विषय राष्ट्रको बृहत्तर हित, सुशासन र विकासको हाम्रो अभियानमा किञ्चित तलमाथि पर्ने गरी व्यवधान उत्पन्न हुने गरी हुनुहुँदैन। अहिले पनि हामी देखिराखेका छाँैँ कता कति मैले खुलस्त भन्ने गरेको छु। विभिन्न प्रकारका आवरणभित्र–कोही क्रान्तिका आवरणभित्र, आन्तरिक शान्ति सुरक्षा, अमनचयन खलबलाउने। कसको हितका निम्ति यो चन्दा असुली, चन्दाका नामको लुटपाटको निम्ति मात्रै हो कि त्योभन्दा बढी अरुका स्वार्थ पनि त्यसभित्र मिसिएका छन्। त्यो विश्लेषण गर्नुपर्छ तर त्यस नाममा पनि हुने गरेका छन्। 

सुरक्षा परिषद्को वार्षिक उत्सवको यस अवसरमा म भन्न चाहन्छु, शान्ति सुरक्षा अमनचयन खलबलाउने प्रकारका कुनै गतिविधि सह्य हुँदैनन्। कोही धर्मका नाममा, कोही के नाममा, कोही डेड इन्स्टिच्यूशनप्रति भक्तिका नाममा। अनेक खालका जनता अलमलाउने, वर्गल्याउने खालका प्रयासहरु पनि कतै कतै भएको देखिन्छ। 

म भन्न चाहन्छु, खोलाहरु कहिले–कहिले थुनिन्छन्। अलिकति थुनिन्छन् अनि बिजुली निकालिन्छन् अनि पानी छोडिन्छ फेरि नहर निकालिन्छ पानी छोडिन्छ। थुनेको थुन्यै नै गर्छु भन्यो भने हुँदैन। थुनिँदै थुनिँदैन। त्यसले अर्को विनाश ल्याउँछ। हामीले त्यस्तो देखेका छौंँ। माघ १९ जस्ता घटनाहरुले थुनेको थुन्यै गर्न खोज्दा बाँधै भत्कियो। 

अब मृत संस्थाहरु, आउट डेटेट, असान्दर्भिक संस्थाहरुप्रति वा विभिन्न अरु नाममा पनि त्यस्ता काम कारवाहीहरुको कुनै अर्थ हुँदैन। देश कसैप्रति लोकतन्त्रले अन्याय गर्दैन, सबै समान छन्। सबैले देशप्रति, जनताप्रति निष्ठा राख्ने, जनताको अभिमतप्रति निष्ठा राख्ने र देशको सुरक्षा र सर्वोपरि हित। जनताको अधिकार, जनताका निम्ति अवसर, जनताका सुरक्षाका प्रश्न र सम्मानका प्रश्न बराबरीको हैसियतमा उपलब्ध लोकतन्त्रमा हुन्छ। 

म फेरि दोहो¥याएर भन्न चाहन्छु, जन्मसिद्ध श्रेष्ठताका सिद्धान्त भनेको आधारहीन, तर्कहीन, त्यो कुनै आधार नभएको, तर्क नभएको, वैज्ञानिकताको तुक कतै नभएको, पछौटे त्यस्ता चिन्तनहरुमा अब नेपाल फर्किन सक्दैन। त्यतापट्टि हामी सबै सजग छौँ। 

आज हामी बुद्धको जन्मभूमि भनेर गर्व गर्छौँ। शान्तिका पक्षमा छौँ। विश्व शान्तिको पक्षमा छौँ। हामीले आफ्नो देशभित्रको मात्रै होइन बाहिरको समेत, विश्वको सुरक्षामा समेत योगदान गरिरहेका छौँ। हामी युद्धको विरुद्धमा छौँ। विनाशकारी हतियारका विरुद्धमा छौँ। आणविक हतियारका विरुद्धमा छौँ। आमविनाशकारी हतियारका विरुद्धमा छौँ र विश्व शान्तिका पक्षमा छौँ। 

कहीँं यदि शान्ति अथवा कुनै हिसाबले केही असमझदारी बढ्यो भने, त्यसलाई वार्ताको माध्यमबाट शान्तिपूर्ण ढङ्गले समाधान गर्नु पर्छ कुरामा विश्वास राख्छौँ। शक्तिहरुतिर ढल्किने, कोल्टिने होइन। स्वतन्त्र ढङ्गले आफूलाई लागेको न्याय सङ्गत, तर्कसङ्गत पक्षमा हामी आफ्नो अभिमत पनि खुलस्त राख्छौँ र दृढताका साथ लिन्छौँ र अगाडि बढ्छौँ। 

हाम्रा छिमेकीहरुसँग हाम्रो सुमधुर सम्बन्ध छ। सम्बन्ध झन्झन् सुमधुर बनेको छ र असल छिमेक सम्बन्ध–आकारको हिसाबमा होइन, जनसङ्ख्याको हिसाबमा होइन, विकासको अगाडि पछाडिको हिसाबमा होइन, सार्वभौम राष्ट्रको हैसियतमा, समानताको आधारमा, असल छिमेक सम्बन्ध, पारस्परिक सम्झदारी, विश्वास, पारस्परिक लाभ, पारस्परिक सम्मानका आधारमा हामीले विकास गर्दै लगेका छौँ। आजको अवस्थाअनुसार हामी सम्बन्धलाई त्यस ढङ्गले नै अगाडि बढाउन चाहन्छौँ र त्यो भएको छ। 

हामी अलिकति केही–केही कुरामा चिन्तित छौँ, कहिले–कहिले चिन्तित हुन्छौँ। हाम्रा छिमेकीमा, छिमेकी मित्रहरुका बीचमा कहिले–कहिले समझदारीमा खलबल पैदा हुँदा, अलि समस्याहरु पैदा हुँदा हामी चिन्तित हुन्छौँ। हाम्रो इच्छा छ कि हाम्रा छिमेकी मित्र राष्ट्रहरुले समझदारी र संयम राखून् र संयमतापूर्वक संवादको बाटोबाट समस्याहरुको समाधान गरुन्, तनाव नफैलियोस्। 

जसबाट हामी हाम्रा प्रयासहरुलाई देशभित्र, क्षेत्रीय तहमा वा अन्तरराष्ट्रिय तहमा पनि सुशासन, शान्ति र विकासतर्फ अगाडि बढाउन चाहन्छौंँ, जो मानवीय आकाङ्क्षा हो। त्यसतर्फ केन्द्रित गरेर लान सकून्। त्यस पक्षमा नै हामी हाम्रा सबै मित्रहरुलाई पनि, क्षेत्रमा पनि र अन्तरराष्ट्रिय तवरमा पनि हामी आग्रह गर्न चाहन्छौँ। 

सार्क अध्यक्षको हिसाबले पनि हामीलाई चिन्ता छ। हाम्रो कारणले होइन हाम्रो इच्छाका बावजुद सार्कको शिखर सम्मेलन हुन सकिरहेको छैन। हामी चाहन्छौँ शिखर सम्मेलनका लागि अनुकूल वातावरण बनोस्। सार्क शिखर सम्मेलन होस्। अन्यत्र क्षेत्रीय सङ्गठनहरु बडो सफलताका साथ सहकार्य गरेर अगाडि बढेका छन् र हाम्रो यस क्षेत्रले अझ नमूना देखाउने गरी निकटता, संयमता, पारस्परिक, समझदारी, एकअर्कामा साथ सहयोगका साथ, साझा विकासका प्रयासहरुलाई अगाडि बढाउने काममा र शान्ति स्थापनाका काममा विश्वलाई योगदान गर्ने गरी जानुपर्छ भन्नेमा म हाम्रा छिमेकी राष्ट्रहरुलाई, मित्रहरुलाई पनि आग्रह गर्न चाहन्छु। 

यस क्षेत्रले अगुवाइ गर्न नहुने भन्ने केही छैन तर परिस्थिति त्यसअनुसार विकसित हुन सकिरहेको छैन। यतापट्टि विकास हुनुपर्छ भन्ने म ठान्दछु र कहीँ पनि अबको प्रतिस्पर्धा विकासमा, सुशासनमा, शान्तिमा, उन्नतिमा, विज्ञान–प्रविधिका क्षेत्रमा हुनु पर्छ भन्नेमा जोड दिन चाहन्छु। 

हामी अलि पछाडि छौँ। त्यसकारण त्यो पछाडि भएको कुरामा देशलाई अगाडि बढाउन हामी छिट्टै लगानी सम्मेलनजस्तो कार्यक्रमको आयोजना गर्दैछौँ जसबाट हामीले अपेक्षा गरिरहेका छौँ हामीले पनि विकास गर्न सक्छौँ। विकासमा हामी अलिकति कम भए पनि हाम्रो सुरक्षा अवधारणा सुस्पष्ट छ। हामी कसैका विरुद्ध भैरभाव राख्दैनौँ। हाम्रा सबै मित्र हुन्, हामी सबैका मित्र हौँ। हाम्रो कोही शत्रु छैन। त्यसअनुसार हामी भूमिका खेल्न सक्छौँ र हाम्रो प्रयास त्यस दिशामा छ। विकासमा हामी अलिकति पछाडि हौंँला तर हाम्रा प्रयासहरु सकारात्मक प्रयास छन्। यसपट्टि म यस अवसरमा स्पष्ट गर्न पनि चाहन्छु। 

हाम्रा उपलब्धिहरुमा हामी सबै खुशी हुनुपर्छ भन्ने ठान्छु। सुरक्षा परिषद्का कामहरु सफल छन् र अहिले अहिलेको यो पृथकतावादको अन्त्य गर्ने कुरामा पनि हाम्रो सुरक्षा परिषद्को भूमिका छ। त्यस कारण यो सुरक्षा परिषद्को भूमिका सफल छ। 

म भन्न चाहन्छु, यति बेला कि हामी देशभित्र हाम्रो भूमि र हाम्रो जनताको सुरक्षाको प्रश्नमा समग्र अधिकार, अवसर, सुरक्षा र सम्मानसहितको सुरक्षाको प्रश्नमा सजग छौँ र त्यो प्राप्त गरेर छोड्छौँ। त्यतापट्टि म यस अवसरमा सबैलाई आश्वस्त रहन आग्रह गर्दछु। यतिबेला सुरक्षाका प्रश्नमा हाम्रा सुरक्षा निकायहरु–खास गरी नेपाली सेनाले देशभित्र बाहिर खेलेको भूमिको प्रशंसा गर्न चाहन्छु। त्यसै गरेर अन्य सुरक्षा निकायहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी र अरुले खेलेको भूमिका, शान्ति सुरक्षा अमनचयन कायम राख्नका लागि खेलेको भूमिकासमेतको प्रशंसा गर्न चाहन्छु। प्रशासनिक क्षेत्रहरुबाट खेलेको भूमिकाको प्रशंसा गर्न चाहन्छु। 

आगामी दिनमा हामीलाई मागदर्शक हुने गरी हामीले सुरक्षासम्बन्धी प्रस्ताव पारित गरेका छौँ। अब मन्त्रिपरिषद्ले त्यसलाई अङ्गीकार गरेपछि–त्यो राष्ट्रिय सुरक्षा नीतिको रुपमा औपचारिक ढङ्गले अगाडि जानेछ जसलाई हामीले अगाडि २०७३ को नीतिलाई परिमार्जन गरेर बनाएको नीति भनेका छौँ। जेहोस् सुरक्षा नीतिको सम्बन्धमा हामी व्यवस्थित ढङ्गले, सूक्ष्म ढङ्गले र विस्तृत ढङ्गले पनि अगाडि बढेका छौँ। आगामी दिनमा सुरक्षा परिषद्ले विश्लेषण र परिस्थितिको आँकलन र त्यसलाई मार्गनिर्देशन गर्ने कुरामा सफल भूमिका निर्वाह गर्नेछ भन्ने कुरामा मैले विश्वास लिएको छु।

प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  १८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्