काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले आयोगलाई प्राथमिकता नदिएको गुनासो गरेका छन्।
अध्यक्ष शर्माले सरकारले उचित बजेटको व्यवस्था नगरेकै कारण मानव अधिकार संरक्षणसम्बन्धि कार्यक्रम संचालन गर्न आयोग असमर्थ भएको पनि स्पष्ट पारे।
१ सय ९औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले महिलाहरूको मानव अधिकार हनन हुन नदिन विभिन्न कार्यक्रम संचालन गर्ने सोच आयोगले बनाएपनि सरकारले आवश्यक बजेटको व्यवस्था नगरेको दुखेसो पोखे।
'सरकारले उचित बजेटको व्यवस्था गरे मानव अधिकार हनन हुन नदिने खालका कार्यक्रम संचालन गर्न आयोग तयार छ,' उनले भने।
वैदेशिक रोजगारमा गएका नेपाली महिलाहरुको मानव अधिकार संरक्षण हुने गरी आयोगले आगामी अक्टोबर महिनामा अन्तराष्ट्रिय स्तरको मानव अधिकारसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।