काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ०६:०० बजे सम्म १ हजार ४ सय ५८ जनाको शव फेला परेको छ।
जसमध्ये रसुवामा २ सय ३७ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३५ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ। शव पहिचानका लागि शवका १ हजार ३ सय ३७ वटा र आफन्तका २ हजार ९० गरी कुल ३ हजार ४ सय २७ वटा डिएनए नमुना सङ्कलन गरिएको छ। जसमध्ये १ हजार ३ सय १२ वटा शवहरूको र २ हजार ७५ आफन्तहरूको गरी कुल ३ हजार ३ सय ८७ वटा डिएनए नमुना प्रोफाइलिङ गरिएको प्रहरीले जनाएको छ। साथै पहिचान नभएको १ हजार ४ सय ३८ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका ४ हजार ७ सय २० जनाको खोजी कार्य भइरहेको छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार १ सय १० जना व्यक्तिहरूलाई राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।