काठमाडौं। नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्।
खुलातर्फ पौडेलले ४ हजार १९४ मत र राणाले २ हजार ३३० मत प्राप्त गर्दै महामन्त्री पदमा निर्वाचित भएका हुन्।
खुला महामन्त्री पदका अन्य प्रतिस्पर्धीमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४ र अमरसिंह पुनले १ हजार १२५ मत प्राप्त गरेका छन्।
त्यस्तै, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाएका छन्।
महिला महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मतसहित निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।