ओंठले पनि मानिसको सुन्दरता झल्काउँछ । त्यसैले ओंठको सुन्दरताका लागि लिपस्टिक, लिपबाम, लिपगार्ड प्रयोग गरिन्छ । तर प्राकृतिकरुपमा ओंठको सुन्दरता यसले दिदैन । ओंठको सुन्दरताका लागि प्राकृतिक बिधि यस्ता छन् ।
१) २ चम्चा कोका वटर र एक चम्चा मह घोल्ने । सो घोललाई तिन चम्चा जति भकभक उम्लेको पानिमा हाल्ने । पानि चिसो भएपछि ब्रसको मद्धतले सो घोल ओंठमा लगाउने । १० मिनेट जति राख्ने । यसले ओंठ मुलायम र चम्किलो बनाउछ ।
२) दूधको तरमा बेसार मिलाएर ओंठको मालिस गर्दा ओंठ गुलाबी देखिन्छ ।
३) रातो गुलावको फूल पिध्ने र ग्लिसरिनमा घोल्ने । राती सुत्दा यो घोल लगाएर सुत्ने र बिहान धुने । यसले ओंठ गुलाबी बनाउछ ।
४) कागतीले ओंठ मालिस गर्दा ओंठ गुलाबी हुन्छ ।
५) महले ओंठको मालिस गर्दा ओंठ गुलाबी हुन्छ ।
६) काँचो अण्डाको लेप लगाउँदा ओठ मुलायम र चम्किलो देखिन्छ ।
७) जैतूनको तलले ओंठको मालिस गर्दा चम्किलो देखिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।