काठमाडौं- भारत सरकारले नेपालको राजस्व अनुसन्धान विभागमा कार्यरत ५० कर्मचारीलाई राजस्व चुहावटको अनुसन्धान तथा नियन्त्रणसम्बन्धि तालिम दिन सुरु गरेको छ।
नेपाल सरकारको अनुरोधमा पहिलो चरणमा विभागका २५ कर्मचारीलाई ५ दिने विशेष तालिम दिन लागिएको हो।
तालिम सोमबारदेखि सञ्चालन भएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ।
उक्त तालिम भारतको फरीदाबादस्थित राष्ट्रिय भन्सार, अप्रत्यक्ष कर तथा लागुऔषध प्रतिष्ठानमा सञ्चालन भएको बताइएको छ।
त्यस्तै विभागका थप २५ कर्मचारीले सोही स्थानमा चैत्र ११ गतेदेखि तालिम लिनेछन्।
यो तालिमले कर्मचारीहरुको अनुसन्धान तथा छानबिन गर्ने क्षमता अभिवृद्धि गर्नुका साथै वैधानिक अर्थव्यवस्थाबाट हुने राजस्व चुहावट नियन्त्रण तथा रोकथाम थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।