श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो। श्वास फेर्न हामीलाई कुनै थप ऊर्जा खर्च गर्नुपर्दैन। तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवी पनि बनाउँछ।
बिहान ५ मिनेटजति लामो श्वास लिने-छाड्ने गर्नुपर्छ।
यसरी गरिने श्वासप्रश्वास व्यायायमका केही फाइदा यस प्रकार छन्ः
तनावबाट मुक्ति : गहिरो श्वासले शरीरमा अक्सिजनको प्रवाह बढाउँछ। तनाव, चिन्ता र त्रास घटाउँछ।
शरीरको विष फालिदिन्छः श्वासप्रश्वासले मानिसको शरीरबाट ७० प्रतिशतभन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ।
दिमागलाई शान्त बनाइदिन्छः अत्यधिक तनाव र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छन्। गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ति बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरीरलाई आनन्द र प्रफुल्ल बनाउँछ।
अन्य अंगलाई पनि सहयोगः गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्दालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रवाह गरिदिन्छ।
त्यसैले, शरीरलाई दीर्घजीवी राख्न बिहान ५ मिनेट आरामसाथ श्वास लिने-छाड्ने गर्नुस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।