काठमाडौं- विश्वका विभिन्न देशबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा ३९ प्रतिशतले बढेको छ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८ को फेब्रुअरीको तुलनामा सन् २०१९ को फेब्रुअरीमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा २९ प्रतिशतले वृद्धि भएको हो।
सन् २०१८ फेब्रुअरीमा नेपाल आउने विदेशी पर्यटकको संख्या ८९ हजार ५ सय ७ मात्रै थियो। तर, यो संख्या सन् २०१९ को फेब्रुअरीमा बढेर १ लाख २४ हजार ४ सय २१ पुगेको छ।
योसँगै सन् २०१९ को २ महिनामा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या २ लाख १६ हजार २ सय १४ पुगेको छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले बढी हो। सन् २०१८ को २ महिनामा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या १ लाख ६२ हजार ६ सय ९४ थियो।
फेब्रुअरीमा मात्रै भारतबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा ९२ दशमलव ५ प्रतिशतले बढेको छ। यस्तै सन् २०१९ को फेब्रुअरीमा सार्क राष्ट्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा पनि गत वर्षको सोही अवधिको तुलनमा ८५ प्रतिशतले बढेको बोर्डले जनाएको छ।
तर, चिनियाँ पर्यटकको संख्यामा भने ५ दशमलव ३ प्रतिशतले मात्रै वृद्धि भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।