काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पुस अन्तिम साता वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो।
लेखा समितिको सिफारिस अनुसार वाइडबडी खरिदका विषयमा अख्तियारले तीन सदस्यीय छानबिन समित गठन गरी काम अघि बढाएकाे सार्वजनिक लेखा समितिमा पत्र पठाएको छ।
अख्तियारको पत्रमा अनुसनधान अधिकृतले आवश्यक कागजपत्र संकलन गरी अनुसन्धान सुरू गरेकाे जानकारी दिएको छ। साथै जहाज खरिद प्रकरणमा संग्लन भएका भनिएकाहरूसँग बयान लिन तयारी भएकाे अख्तियारले पठाएकाे पत्रमा उल्लेख छ।
अख्तियारले सहचचिवकाे नेतृत्वमा कमिटी गठन गरेकाे तर कमिटीका सदस्य हरुको नाम भने लेखा समितिलाई जानकारी गराएकाे छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।