काठमाडौं– नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले कम्युनिस्टहरुका कारण देशमा ठूल्ठूला परिवर्तन भएकाले वाम एकताबाट कोही भाग्न नहुने बताएका छन्।
एमाले र माओवादीका सम्पर्क मञ्चहरुको संयुक्त वाम भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले अब जनताको समृद्धिका लागि वामपन्थीहरु एकजुट भएर लाग्नुपर्ने भन्दै एकताबाट भागे घाटा हुने बताए।
चुनावी तालमेल अल्पकालीन योजना भएको भन्दै उनले समृद्धिको लक्ष्यका लागि वाम एकता अपरिहार्य रहेकोमा जोड दिए।
‘संघीय गणतन्त्र नेपाल स्थापना गर्न सबैभन्दा ठूलो योगदान वामपन्थीको छ, उनले भने ‘चुनावमा बहुमत ल्याउनु एउटा साधन हो, जनताको समृद्धिलाई साध्य बनाऔं।’
नेता ज्ञवालीले वाम तालमेलले प्रतिक्रियावादी वृत्तमा भुइँचालो गएकाले कम्युनिस्टहरुले अधिनायकवाद ल्याउने हौवा पिटाइएको आरोप लगाए।
उनले भने, ‘अरु कुनै वैचारिक प्रतिस्पर्धा गर्ने सामर्थ्य नभएपछि जनमत भड्काउने र भारतसँग मिलेर अन्तराष्ट्रिय शक्ति भड्काउन सकिन्छ कि भनेर गरिएको षड्यन्त्र हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।